जनकल्याण बहुउदेश्यीय सहकारी संस्था जीतपुरको १९ औँ बार्षिक साधारण सभा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ बकुलियाको बकुलिया कलेजमा सम्पन्न भएको छ।
साधारण सभाको उद्घाटन बारा क्षेत्र नं.४(क) का प्रदेश सभा सदस्य देवनारायण चौधरीले गरेका हुन्। संस्थाले आर्थिक बर्ष २०८०।०८१ मा रु १ करोड ४ लाख ८३ हजार ९४ रुपैया नाफा आर्जन गरेको संस्थाका प्रबन्धक सन्तोषप्रसाद यादब जानकारी दिएका छन्।
शेयर लाभांश कोषमा २९ लाख ८७ हजार ८ सय ७५ रुपैयाँ रहेको छ। संस्थाले १५.३१ प्रतिशत लाभांश बितरण गर्ने जनाएको छ। आर्थिक वर्ष २०८०।०८१ मा जनकल्याणले शेयर रकम १ करोड ९५ लाख ९ हजार ५ सय रुपैया रहेकोमा आर्थिक बर्ष २०८१।०८२ मा रु २४ हजार शेयर रकम बृद्धि गरी १ करोड ९५ लाख २१ ह्जार पुरयाउँने लक्ष्य राखेको छ ।
संस्थामा महिला ४७४ र पुरुष ४५० गरी ९२४ जना शेयर सदस्य रहेका छन् । शेयर सदस्यहरुबिच संस्थाले १४ करोड २१ लाख कर्जा परिचालन गरेको छ ।
संस्थाले पाँच जना उत्कृष्ट बचतकर्ता र पाँच जना उत्कृष्ट कर्जा तिर्नेलाई सम्मान गरेको छ। उत्कृष्ट बचतकर्तामा सरस्वती पाण्डे,शुसिल दास,नरेश महरा,राजेशकुमार साह र अप्सरा अधिकारी रहेका छन् ।
त्यस्तै उत्कृष्ट कर्जा तिर्नेमा स्वायत अंसारी,जरिना खातुन,कमला ढकाल,सोबैदा खातुन र आरती देबी दुबे रहेको संस्थाका उपाध्यक्ष गणेशजी प्रसाद साहले जानकारी दिए ।
संस्थाका अध्यक्ष गोपाल सिँह कडेँलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष गणेशजी प्रसाद साहले ब्यक्त गरेका थिए ।
जनकल्याण बहुउदेश्यीय सहकारी संस्थाका कोषाध्यक्ष किरणराज गिरीले आर्थिक प्रतिबेदन र सचिव कपिल देव प्रसाद यादबले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका सह प्रबन्धक आत्माराम अधिकारीले गरेका थिए। उपस्थित अतिथिहरुको स्वागत तथा आदर सत्कार कार्यसमिति सदस्य बिद्या महर्जन र मुनि पाठकले गरेका थिए।

