वीरगञ्ज भन्सारद्वारा भदौमा लक्ष्य भन्दा ३९ प्रतिशत कम राजस्व संकलन

राम मण्डल
226 पाठक संख्या

वीरगञ्ज : वीरगञ्ज भन्सार नाकाले बितेको भदौ महिनामा पनि लक्ष्य भन्दा ३९ प्रतिशत कम राजश्व संकलन गरेको छ।

भन्सारले सार्बजनिक गरेको तथ्यांक अनुसार भदौ महिनामा १३ अर्ब २३ करोड ९८ लाख ८५ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।भदौ महिनामा सबै भन्दा बढी कृषि सुधार शुल्कबाट भन्सारले पाँच अर्ब ३० करोड ८५ लाख ८ हजार राजश्व सँकलन गरेको छ।

आयातबाट हुने भन्सार महसुलबाट चार अर्ब ९९ करोड ८१ लाख ७१ हजार,निर्यातबाट हुने भन्सार महसुलबाट एक अर्ब २३ करोड ५३ लाख ४८ हजार राजस्व संकलन गरेको छ।

उसले अग्रिम आयकरबाट ९० करोड २८ लाख ६७ हजार बराबर राजश्व संकलन वीरगञ्ज भन्सार कार्यालयले गरेको छ ।भदौ महिनामा भएको राजश्व सँकलन भने भन्सार बिभागबाट पाएको लक्ष्य अनुसार भने भएको छैन ।

बिभागले यस महिनामा वीरगञ्ज भन्सार कार्यालयलाई १८ अर्ब ७० करोड ४० लाख १६ हजार राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो ।तर भदौमा वीरगञ्ज भन्सारले जम्मा लक्ष्यको ७१ प्रतिशत मात्रै राजश्व संकलन गर्न सफल भएको छ ।चालु आवको पहिलो महिना साउनमा पनि वीरगञ्ज भन्सारले लक्ष्य अनुसार राजश्व सँकलन गर्न सकेको थिएन ।

उक्त महिनामा ७२ प्रतिशत मात्रै राजश्व वीरगञ्ज भन्सार कार्यालयले सँकलन गरेको थियो ।पछिल्लो समय लागातार रुपमा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्य अनुसार राजश्व सँकलन गर्न असफल हुदै आएको छ ।

यस भन्सारबाट पेट्रोलियम पदार्थ डिजेल भदौ महिनामा सबै भन्दा बढी आयात भएको छ। त्यसैगरि पेट्रोल,मोटरसाईकल,जिप कार भ्यान,एलपि ग्याँस लगायतका सामानहरु मुख्य रुपमा आयात हुने गरेका छन ।

यस्तै वीरगञ्ज नाका भएर नेपालबाट जुस जाम,फलामे पाता,बतिसा त्रिफला,च्यवनप्रास,सेन्थेटिक यानृ लागयतका सामानहरु बिदेशमा निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

Leave a review