रौतहटको अध्यक्षमा पर्‍यो चार जनाको उम्मेदवारी

साझेदारी दैनिक
282 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव / नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ।

यही मंसिर २८ गते हुने पत्रकार महासंघको निर्वाचनका लागि बुधबार भएको मनोनयन दर्तामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा चार,चार जनाले उम्मेदवारी दिएका हुन्।

नेपाल पत्रकार महासंघ रौतहटको अध्यक्षमा पत्रकार मदन ठाकुर,उत्तम उपाध्याय,सञ्जयकुमार कार्की र रवीन्द्र साहले उम्मेदवारी दिएका छन्।

प्रेस चौतारी नेपाल र प्रेस युनियनको तर्फबाट उत्तम उपाध्यायले अध्यक्षमा साझा उम्मेदवारी दिएका छन्। त्यस्तै प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र प्रेस मञ्चको तर्फबाट मदन ठाकुरले अध्यक्षमा साझा उम्मेदवारी दिएका छन्।

सञ्जय कुमार कार्कीले बागी उम्मेदवारी दिएका छन्। कार्की प्रेस युनियनको भएपनि उनले गठबन्धन तोड्दै अध्यक्षमा बागी उम्मेदवारी दिएका हुन्। रवीन्द्र साहले पनि प्रेस मञ्चमा आवद्ध भएपनि उनी पनि बागी भएर अध्यक्षमा उम्मेदवारी दिएका छन्।

उपाध्यक्षमा पुष्पराज यादव,डिल्लीबहादुर कार्की,प्रवीण कुमार शर्मा र रामएकवाल साहले उम्मेदवारी दर्ता गराएका छन् ।

महिला उपाध्यक्षमा विना राउत निर्विरोध निर्वाचित भएकी छिन्। महिला उपाध्यक्षमा श्रीवास्तवको एकल उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएकी हुन्।

सचिवमा गौतम श्रेष्ठ,राकेश कुमार यादव र संतोष पौडेलको उम्मेदवारी परेको छ। सह सचिवमा दिनेश यादव,राकेश यादवले उम्मेदवारी दिएका हुन्।

सह–सचिव खुलामा जितेन्द्र लाल श्रीवास्तव र धर्मेन्द्र साहले उम्मेदवारी दिएका छन्। कोषाध्यक्षमा किशोरी यादव,विकास अग्रवाल र संजयकुमार सहनीले उम्मेदवारी दिएका हुन्।

महिला सदस्यमा रूद्रकुमारी कार्की,दलित सदस्यमा रामप्रवेश बैठा,आदिवासी जनजाति सदस्यमा प्रकाश श्रेष्ठ,मधेसी सदस्यमा नन्दभूषण श्रीवास्तव र अपाङ्गमा रामपुकार राउतले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै खुल्ला सदस्यमा उमेश यादव,कृष्णा तिवारी र रेशमी पटेलले उम्मेदवार दिएका छन् ।

केन्द्रीय परिषद सदस्यमा शैलेन्द्र गुप्ता र प्रदेश परिषद् सदस्यमा रमेश तिमल्सिनाले मनोनयन दर्ता गराएका हुन्।

महिला उपाध्यक्ष,केन्द्रिय,प्रदेश परिषद् सदस्य र जिल्ला सदस्यहरु गरी ११ जना निर्विरोध निर्वाचित भएका छन्। यद्यपि उनीहरू निर्विरोध भएको अधिकारिक घोषणा बिहीवार मात्र गरिनेछ।

Leave a review

This will close in 0 seconds