जीतपुर : पर्साको मनवाबाट पर्साको बन गस्ती टोलीले दुई थान सालको काठ सहित दुई वटा साईकल बरामद गरेको छ ।
मनवा सब डिभिजन बन कार्यालय,सखुनियाबाट खटिएको बन गस्ती टोली र बागेश्वर त्रित्रौनाबाट सशस्त्र प्रहरी कार्यालबाट संयुक्त रुपमा खटिएको टोलीले शनिबार राती १४.०१ क्युफिटको काठ बरामद गरेको डिभिजन बन कार्यालय,पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।
काठ तस्करहरुले पर्सागढी नगरपालिका वडा नं.१ मनवा गेटबाट दोहरीतर्फ साईकलमा काठ लैजादैँ गरेको अवस्थामा गस्ती टोलीलाई देखेर तस्करहरु फरार भएको मनवा सब डिभिजन बन कार्यालय,सखुनियाले जनाएको छ ।
फरेस्टर हरिभजन चौधरीका अनुसार काठ तस्करहरुलाई आफुहरुले लखेटेको तर उनीहरु साईकल र काठ छाडेर भागेको बताए ।
बरामद काठ र साईकललाई मनवा सब डिभिजन बन कार्यालयको प्राङ्गनमा राखिएको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।

