कोल्हवी : धिरेन्द्र पनुहर/ नेपाली काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले मधेसमा मधेसीका लागि भनेर थुप्रै पार्टी आएपनि मधेसी जनताका लागि केही पनि गर्न नसकेको आरोप लगाएका छन ।
नेपाली कांग्रेस कोल्हबि नगर कार्यसमितिद्वारा शुभदिपावलि अनि छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान साथै जेष्ठ नागरिक सम्मान कार्यक्रममा बिहीबार सम्बोधन गर्दै चौधरीले यस्तो आरोप लगाएका हुन ।
पुर्वमन्त्री समेत रहेका चौधरीले मधेसी दलका नेताहरु पदलोलोपित मात्र भएको भन्दै धेरै नेताहरु मन्त्री र सांसद भएपनि मधेसका मुद्दा र सवालमा सिन्को पनि भाँच्न नसकेको उहाको आरोप छ ।
मधेसका समस्या र हरेक अधिकारका लागि काँग्रेसले नै लड्दै आएको बताउदै नेता चौधरीले समानुपातिक प्रतिनिधित्व,नागरिकता,नागरिकता विधेयक संशोधन जस्ता मधेसका अधिकार काँग्रेसले नै दिलाउन सफल भएको ठोकुवा गरे ।
उहाँले देशका हरेक परिवर्तन नेपाली काँग्रेस विना सफल नहुने बताउदै माओवादीलाई शान्ति प्रकृयामा ल्याउने,संंविधान घोषाण,संघीयता,गणतन्त्र,लोकतन्त्र आदी काँग्रेसकै नेतृत्वमा घोषणा भएको बताएका छन ।
कोल्हबी नगरपालिकामा कांँग्रेसको बहुमत भएकोले जनताको अनुसार बिकास निर्माणको कार्य भई रहेको बताउनुभयो र अझै कोल्हबीको मुहार फेर्न सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन समेत दिएका छन । चौधरीले आफ्नो पालामा नै यो क्षेत्रमा जमुनि सिचाई,धोहर सिचाई,कोल्हबी,सपही,बभनी,धनसार,निजगढ़ सिचाई सम्पन्न भएको जानकारी गराए ।
कार्यक्रममा कोषाध्यक्ष बासु प्रसाद चौधरी,कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी,उपप्रमुख लक्ष्मी कुमारी चौधरी,नेपाली कांग्रेसका वरिष्ठ सल्लाहकार रबिन्द्र पनुहर,महाअधिवेशन प्रतिनिधि कृष्ण चौधरी,क्षेत्रीय सभापति बद्री भट्ट कोल्हबी नगरपालिका वाड न ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी,६ का अध्यक्ष दिनेश चौधरी,७ का अध्यक्ष सलाउदिन अन्सारी,१० का अध्यक्ष कुन्जबिहारी चौधरी,११ का अध्यक्ष नन्दकिशोर चौधरी कार्यपालिका सदस्य राजकुमार दास,मन्जु राम,रनिया देवि चौधरी,कपिलदेव ठाकुर,प्रदेश महासमिति सदस्य जयमंगल चौधरी,गणेश मैनाली,रामबालक जयसवाल लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए ।
नगर सभापति विरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन महेशकुमार साहले गरेका थिए । सो अवसररमा नगरसमितिलिे नगरका विभिन्न वडाहरुमा जेष्ठ नागरिक, निर्वाचित जनप्रतिनिधि,वडा सभापति,नेपाली काँग्रेसका अग्रज बयोवृद्ध नेता,स्वतन्त्र सेनानीहरुलाई सम्मान सहित कदर पत्र वितरण गरिएको थियो ।
कोल्हवी २ स्थित होटेल मिस्टिक तराईमा आयोजित कार्यक्रममा महाअधिवेशन प्रतिनिधि,केन्द्रीय समिति,प्रदेश समिति,जिल्ला समिति,क्षेत्रियन समिति,वडा समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

