कलैया : दाजु बहिनीको प्रेम प्रतिकको रुपमा रहेको समा चकेवा पर्व विधिवत रुपमा सम्पन्न छ ।
गोबर्धन पुजादेखी कार्तिक पुर्णिमा सम्म मनाईएको हो । तराई मधेशका किशोरीहरु बिशेष पूजाआजा गरी समा चकेवालाई स्थानीय खोला, जलाशय, पोखरी, सरोवर लगायतकोमा सेलाएपछि पर्व सम्पन्न भएको हो ।
यो पर्व बिशेष गरी तराई मधेशका युवतीहरु मनाउने गर्छन ।द्वापरयुगमा भगवान श्री कृष्णले आफनो बाल्यकाल गोकुलमा बिताई मथुरामा आएपछि गोपिनीहरुले कृष्णको समझनामा खेलेको समा चकेवा कलान्तरमा दाजु र बहिनीको प्रेम र सदभावमा रुपान्तर भएको कलैया उपमहानगरपालिका वडा नम्बर १७ का रामअयोध्या प्रसाद साहले जनाएका छन।
यस पर्वमा रातको समयमा गांउ घरमा खास गरी कुवारी कन्याहरु एक ठाउमा जम्मा भई माटोले बनाईएको मुर्तीको पुजाआजा गरी मनाउने गर्छन । पर्वको अन्तिम दिन रातमा ती मुर्तीहरुलाई गांउघर नजदिक रहेको जलाशय ,सरोवर आदीमा सेलाईने गरिन्छ ।
समा चकेवामा चकेवा (दाजु),समा (भाउजु),खिडरीज (बहिनी),चुगिला(भाईहरु)समेत गरी पांच जनाको मुर्तीहरु एउटा बासले बनाईएको भाडो (स्थानीय भाषामा दौरा)मा राखेर गाउ भरी घुमाईन्छ । यसमा मुर्तीको अलावा केसार ,कुचो ,चुलेसी ,गाजल बनाउने भाडो आदी हुन्छ । लोपन्मुख रहेको यस पर्वलाई जिवन्त राखनका लागी सबै सचेत हुनुपर्ने बेला आईसकेको छ ।


