फतुवा विजयपुरमा बिजुलीका साथै पानी र मालपोत रसीद निःशुल्क

साझेदारी दैनिक
355 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव/ रौतहटको फतुवा विजयपुर नगरपालिकाले विद्युतका साथै पानी र मालपोत कर समेत निःशुल्क गरेको छ।

सर्वसाधारण नागरिकको घरायसी र कृषि मीटरको सम्पूर्ण रकम यस नगरपालिकाले पहिले नै निःशुल्क गरेको थियो। अब यस नगरपालिकाले पानी र मालपोतको कर समेत निःशुल्क गरेको हो ।

यहाँका नागरिकले बिजुलीका साथ साथै पानी र मालपोतको करको रकम तिर्नुपर्ने झन्झटबाट मुक्ति पाएका छन्। पहिलादेखि नै नगरका सम्पूर्ण जनताको बिजुलीको सम्पूर्ण रकम पालिकाले बेहोर्दै आएको छ।

खानेपानी र मालपोतको रकम समेत फतुवा विजयपुर नगरपालिकाले नै तिर्ने नीति ल्याएको प्रमुख प्रशासकीय अधिकृत प्रमोद गुप्ताले जानकारी दिए। पालीकाले फ्री बिजुली,फ्री पानी गरेपछि सर्वसाधारण नागरिकले ठूलो राहत पाउने प्रशासकिय अधिकृत गुप्ताले बताए ।

जग्गाको मालपोतको रसीद कटाउदा पहिला सर्वसाधारण नागरिकलाई शुल्क तिर्नुपर्ने बाध्यता थियो। मालपोतको रसिदको रकम अब पालिकाले नै तिरिदिने भएपछि सर्वसाधारण नागरिकलाई सहज भएको उनले बताए।

त्यस्तै आम नागरिकले उपभोग गर्ने खानेपानीको सम्पूर्ण रकम नगरपालिकाले नै तिरिदिने भएपछि सर्वसाधारण नागरिक निकै खुसी भएका छन्।

Leave a review