माधवनारायण नगरपालिका कार्यालयको दोस्रो तल्लाको भयो छत ढलान

साझेदारी दैनिक
453 पाठक संख्या

रौतहट: ओम प्रकाश यादव/ रौतहटको माधव नारायण नगरपालिका कार्यालयको प्रशासकीय भवनको बिहीबार दोस्रो तल्लाको छत ढलान कार्य भएको छ।

माधोपुरमा निर्माण हुँदै गरेको माधवनारायण नगरपालिका कार्यालयको आफ्नै भवनको दोस्रो तल्लाको छत ढलान भएको हो।

आउँदो बैसाखमा नगरपालिका कार्यालय भवनको उद्घाटन गर्ने उद्देश्यले भवन निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाएको माधव नारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले साझेदारी दैनिकलाई बताए।

बैशाखमा पहिलो र दोस्रो तल्लाको सम्पूर्ण काम सकाएर पालिकाको आफ्नै प्रशासकीय भवनको उद्घाटन गर्ने नगर प्रमुख यादवले जनाए। यो सँगै अब आउँदो बैसाख देखि माधव नारायण नगरपालिकाले आफ्नै प्रशासकीय भवनबाट सेवा प्रदान गर्ने भएको छ।

पालिकाको आफ्नो भवन नहुँदा अहिले भाडाको घरमा सञ्चालनमा रहेको छ। भाडा वापत पालिकाको वार्षिक ९ लाख रुपैयाँ तिर्दै आएको छ। नगर प्रमुख प्रसाद यादवको दूरदर्शी सोच, मास्टरप्लान भिजन र चुनावी प्रतिवद्धता अनुसार निर्वाचित भएको दुई वर्षमै माधव नारायणले आफ्नै प्रशासनिक भवन पाउने भएको छ।

जस कारण भाडा वापत पालिकाले तिर्दै आएको वार्षिक ९ लाख रुपैयाँ पालिकाको रकम जोगिने भएको छ। जिल्लामै पहिलोपटक लिफ्ट सहितको माधव नारायणको तीन तल्ले भवन निर्माण हुँदैछ।

Leave a review