यातायात वीरगञ्ज र बसपार्कबाट पक्राउ परे अठार बिचौलिया

साझेदारी दैनिक
310 पाठक संख्या

वीरगञ्ज :यातायात कार्यालय वीरगञ्ज र बसपार्क क्षेत्रमा अनुगमन गर्नेक्रममा जिल्ला प्रहरी कार्यालय पर्साले १८ जना बिचौलियाहरुलाई पक्राउ गरेको छ।

सेवाग्राहीहरुलाई दुख र हैरानी दिने गरेको जनगुनासोको आधारमा प्रहरीले दुबै स्थानमा अनुगमनको क्रममा उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका बिचौलियाहरुले वीरगञ्ज महानगरपालिका–१६ बसपार्क एरियामा यात्रुहरुलाई दुख हैरानी दिने गरेका थिए। यातायात कार्यालय वीरगञ्जमा सेवाग्राहीहरूलाई काम छिटोे गरिदिन्छु भनी वार्गेनिङ गर्ने,कार्यालय परिसरमा अनाधिकृत रूपमा प्रवेश गरी काम मिलाइ दिन्छु भनी प्रलोभनमा पारी कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरूलाई अनावश्यक दुख हैरानी दिने गरेको पर्सा प्रहरीको भनाई छ ।

पक्राउ परेकाहरु मध्ये एक जना भारतीय नागरिक रहेका छन्। वीरगञ्ज महानगरपालिकाका बिभिन्न वडाका १४ जना पक्राउ परेका हुन्। पर्सा बिन्दबासिनी गाउँपालिकाकाका एक तथा रौतहट माधवनारायण नगरपालिकाका एक र गोरखाको गोरखा नगरपालिकाका एक जना गरि अठार जना रहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा पर्सा विन्दवासिनी गाउँपालिका–१ बस्ने २१ वर्षीय संजिव गुप्ता,वीरगञ्ज महानगरपालिका–८ बस्ने ५१ वर्षीय बिजय साह,.वडा नं.१० रानीघाट बस्ने १८ वर्षीय बजरंगी महतो, २२ वर्षीय राहुल महतो,३८ वर्षीय बिजय साह र २८ वर्षीय फिरोज खान रहेका छन्।

यस्तै वीरगञ्ज महानगरपालिका–१० बस्ने ३५ वर्षीय प्रभु पटेल,वडा नम्बर १५ बस्ने ३१ वर्षीय सन्देश सिंह,वडा नम्बर १६ बस्ने २० वर्षीय विकाश पटेल,वडा नं.११ बस्ने ३१ वर्षीय जयपुजन ठाकुर सोही वडाका २३ वर्षीय मनिष महतो,२२ वर्षीय चन्दन कुमार चौरसिया,३५ वर्षीय सन्तोष महतो छन्।

त्यस्तै वीरगञ्ज–१४ बस्ने २३ वर्षीय इद मियाँ धोबी र वडा नं.११ बस्ने ४० वर्षीय सुरजभगत माली रहेका छन्। यसैगरी भारत विहार जिल्ला मोतिहारी बकतौरा बस्ने २५ वर्षीय जटाशंकर कुमारलाई पर्सा प्रहरीले पक्राउ गरेको हो।

रौतहट माधवनारायण नगरपालिका–१ बस्ने २५ बर्षिय नरेश साह सोनार,गोरखाको गोरखा नगरपालिका–९ बस्ने २६ बर्षिय सुशान्त कुँवरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका सबैजना बिरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसूरमा थप अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी किशोर लम्सालले साझेदारी दैनिकलाई जानकारी दिएका छन् ।

Leave a review