कलैया । बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ मा रहेको गढीमाई पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो दुर्घटनामा परेको छ।
सो स्कार्पियो रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कार्पियो दुर्घटनामा परेको हो। स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।
गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको हो। अन्य चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकोे छ।
मृतक मध्ये अधिकांशको सनाखत हुन सकेको छैन । सबै मृतक र गाडी सिरहाको रहेको र उनीहरूका आफन्तहरू आएपछि पहिचान खुल्ने प्रहरीको भनाइ छ ।


