गरुडा: करण कुमार मिश्र/रौतहट जिल्लाको गरुडा नगरपालिकाले नवनियुक्त भएका १४ जना नगर प्रहरीलाई सोमबारबाट कामकाजमा पठाएको छ ।
नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा १०२ को (१) बमोजिम नवनियुक्त नगरप्रहरीहरुलाई दर्जानी चिन्हसहित प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १४ जना नगर प्रहरी नियुक्त गरेको नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले बताएका छन ।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार २ प्रहरी हवल्दार,२ जना महिला प्रहरी जवान तथा १० जना पुरुष प्रहरी जवान गरी १४ जना नियुक्त भएका हुन ।
उनीहरुले आधारभूत तालिम सम्पन्न गरेर अन्तिम दीक्षान्त समारोह गर्दै १४ जना नगर प्रहरीलाई लगनशील,कर्मठ र नियम कानुनको दायरा भित्र रहि इमानदारी साथ कामकाज गर्न नगर प्रमुख जयसवालले निर्देशन दिए ।
नगरप्रमुख जयसवालले ‘नेपालको संविधान,स्थानीय सरकार सञ्चालन ऐनको परिधिमा रहेर नगरप्रहरी नियुक्त गरिएको बताउदै ‘शान्ति सुरक्षा कायम गर्न र नियमविपरीत गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही गर्न सिफारिस गर्नेसम्मको अधिकार दिइएको समेत उनले बताए ।
गरुडा एक ब्यापारिक नगरी भएको र मध्यभागमा पर्ने भएको कारण यहाँ पालिका भित्र हुने कुनै पनि कार्यलाई नियम कानुन अनुसार गर्न गराउनको लागी नगर प्रहरी नियुक्त गरिएको नगर प्रमुख जयसवलालले जानकारी गराएका बताएका छन ।

