वीरगञ्ज : पर्सा प्रहरीले अबैध रूपमा ल्याउदै गरेको चिनी नियन्त्रणमा लिएको छ।
प्रहरीले पर्साको पर्सागढी नगरपालिका–१ बाट रंगपुर बाट जितपुर तर्फ जादैं गरेको प्र.३–०३–००१ख ००८५ नम्बरको बसलाई रोकी जाच गरेको थियोे ।
जाचको क्रममा भन्सार छलि गरि ल्याएको पचिस हजार बराबरको अबैध पाँच बोरा चिनी प्रहरीले नियन्त्रणमा लिएको छ।
कागज पत्र नभएको कारण नियन्त्रणमा लिई चिनीलाइ आवश्यक कारवाहिको लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

