अध्यादेश ल्याएर सहकारी संस्थालाई डुबाउन खोजेको छ : अध्यक्ष ठाकुर

साझेदारी दैनिक
187 पाठक संख्या

कलैया : राजेश कुशवाहा/ बारा जिल्ला सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुरले नेपाल सरकारले सहकारी अध्यादेश ल्याएर सहकारी संस्थालाई डुबाउन खोजेको आरोप लगाएका छन ।

बाराको कलैयास्थित बारा उधोग बाणिज्य संघको सभाहलमा शनिबार धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले यस्तो आरोप लगाएका हुन्। उनले केही सहकारीमा तल माथि हुँदैमा सबै सहकारीलाई बदनाम गर्न नहुने बताए।

सहकारी ठगहरुको नभई सेवा गर्नेहरुको जमात रहेको उनको भनाई रहेको थियो।एक दुई जनाले बदमाशी गर्दैमा पुरै सहकारी जमातलाई गाली गर्नु उचित नभएको उनले बताए ।

सहकारी अहिले हाम्रो देशको सर्वसाधारणको लागि नभई नहुने संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ उनले भने । साधारण सभामा संस्थाका अध्यक्ष राजेशराय यादवले प्रगति प्रतिवेदन पेश गरेका थिए।

धनमहालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेशराय यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा द सहारा बचत तथा ऋण सहकारी संस्थाका संंचालक सदस्य राकेश पाण्डेय,नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी,समाचकवा बचत समूहका अध्यक्ष लक्ष्मी चौधरी,जनसरोकार बचत समूहका अध्यक्ष मुनिन्द्रलाल कर्ण लगायतकाले मन्तब्य व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा स्वागत मन्तव्य धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष राजकुमार साह एवम् संचालन संस्थाका सचिव निवेश लिमिल्सेनाको रहेको थियो ।

Leave a review

This will close in 0 seconds