शिक्षकलाई गोली प्रहार गर्नेमाथि कारवाही गर्न नेविसंघ बाराको माग

संदिप प्रसाद यादव
304 पाठक संख्या

नेपाल विद्यार्थि संघ बाराले शिक्षकलाई गोली प्रहार गर्नेमाथि कडा कारवाहीको माग गरेको छ ।

नेपाल विद्यार्थि संघ बाराका अध्यक्ष समिर चौधरीले शुक्रबार एक विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् । विज्ञप्तिमा गैर कानुनी हातहतियारको प्रयोगमा नियमन गर्न माग गरिएको छ ।

बाराको आदर्शकोतवाल गाउँपालिका वा नम्बर २ निवासी रामराजा मोहनविक्रम शाह क्याम्पसका प्रमुख हरिभुषण कुशवाहा माथि गोली प्रहारबाट मृत्यु भएको घटना प्रति नेविसंघ बाराको गम्भीर ध्यानाकर्षण भएको छ ।

शिक्षक माथि भएको गोली प्रहारले देशको शान्ति माथि प्रश्न उठेको विज्ञप्तिमा लेखिएको छ । यस्तै व्यक्तिको स्वतन्त्रतापूर्वक बाँच्न पाउने नैसर्गिक अधिकारको समेत खुलेआम हनन् भएको विज्ञप्तिमा लेखिएको छ ।

यस्ता घटनाले समाजमा त्रासदीपूर्ण वातावरणको सृजना भएको विज्ञप्तिमा लेखिएको छ ।दिनदहाडै गैर कानुनी रुपमा हातहतियारको प्रयोग भएको तथ्यले हातहतियारको प्रयोग र ईजाजत सम्बन्धी नियमन गर्ने दायित्वबाट गृह प्रशासन पूर्ण रुपमा असक्षम भएको विज्ञप्तिमा जनाइएको छ ।

गोली प्रहारबाट हत्या भएका कुशवाहा माथि नेविसंघ बाराले विज्ञप्ति मार्फत भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ । घटनामा संलग्न अपराधिलाई यथाशिघ्र पक्राउ गरी पीडित शिक्षक परिवारलाई न्याय दिलाउन विज्ञप्तिमा माग गरिएको छ ।

जनतालाई शान्तिपूर्ण वातावरण तय गर्न र गैरकानुनी हातहतियारको प्रवेश र प्रयोगमा का नियमन गर्न समेत जिल्ला प्रशासन र गृह मन्त्रालयसंग नेविसंघ बाराले जोडदार माग गरेको छ ।

विज्ञप्तिको बोदार्थ जिल्ला प्रशासन कार्यालय बारा र गृहमन्त्रालयलाई दिइएको छ ।

Leave a review