बाराको कलैयामा सम्पन्न एक दिने नि.शुल्क आँखा शिवीरमा २५ जनामा मोतियाविन्दूको रोगी फेला परेका छन् ।
कलैया उपमहानगरपालिका वडा नम्बर ६ पर्सा टोलमा रहेको वडा कार्यालयको सभा हलमा आइतबार भएको उक्त शिवीरमा एक सय जनाले आँखा परीक्षण गराएका थिए ।
किरण आँखा अस्पताल कलैयाको आयोजनामा र कलैया उपमहानगर–६ को सहकार्यमा सो शिवीर भएको हो ।
शिवीरमा जसमध्ये ३१ पुरुष र ६९ जना महिलाले आँखा परीक्षण गराएको डाक्टर निभा कुशवाहाले बताइन् । मोतिया बिन्दुको समस्या देखिएकोले उनीहरुको आँखाको शल्यक्रिया पुस १९ गते बिहीवार हुने डाक्टर कुशवाहाले बताइन् ।
विरामीहरुको सहज वातावरणमा आँखाको जाँच विशेषज्ञ टोली मार्फत गराइएको थियो ।
वडा अध्यक्ष रामविश्वास ठाकुरले आउने दिनमा समेत निःशुल्क आँखा शिवीर सञ्चालन गर्ने बताउछन् ।
शरीरमा आँखाको सबै भन्दा बढी महत्वपूर्ण अङ्ग भएकोले निःशुल्क आँखा शिवीर सञ्चालन गरेको उनले बताए ।
किरण आँखा अस्पताल वीरगंजमा हुने २५ जना मध्ये अति विपन्न,गरिब,दलित,असहायको मोतियाबिन्दुको शल्यक्रियामा लाग्ने सम्पूर्ण खर्च वार्ड कार्यालयले बेहोर्ने वार्ड अध्यक्ष ठाकुरले बताए ।

