प्रहरीद्धारा एक हजार लिटर अवैध घरेलु मदिरा वरामद

साझेदारी दैनिक
साझेदारी दैनिक 379 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

प्रहरीले जीतपुरबाट अवैध घरेलु मदिरा वरामद गरेको छ ।इलाका प्रहरी कार्यालय जीतपुर खटिइएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका ७ स्थित सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट वीरगंजतर्फ आउदै गरेको ना ६ ख ५४०४ नम्बरको ट्रक शंका लागि चेकजाँच गर्ने क्रममा ट्रकभित्र लुकाई छिपाई ल्याएको एक हजार लिटर घरेलु मदिरा वरामद गरेको छ ।

प्रहरीले ट्रकका चालक जील्ला मकवानपुर हेटौडा उपमहानगरपालिा १२ बस्ने वर्ष ३७ को भिमसेन पुलामी तथा सहचालक सोही नगरपालिका १४ बस्ने वर्ष ३३ को लक्ष्मण बल र ो ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरीले वरामद मदिरा र ट्रक सहित निजहरूलाई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय सिमरा, बारामा पठाइएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review