रञ्जन यादब/
न्याय र सुरक्षाको क्षेत्रमा कार्यरत सहज परियोजनाले बाराको सिमरामा सरोकारवालाहरुसंग आईतवार अन्तरक्रिया गरेको छ ।परियोजनाले जीतपुरसिमरा उपमहानगरपालिकामा सञ्चालन गर्नका लागि चालुआर्थिक बर्षमा बनाएको कार्ययोजनाको बिषयमा सरोकारवालाई जानकारी दिईएको थियो । सहजले परियोजनाले बनाएको कार्ययोजनामाथि सरोकारवालाहरुले छलफल गरेका थिए ।
सरोकारवालाहरुले परियोजनाको कार्यको सराहना गर्दै थप योजना बनाउन सुझाव दिएका छन् । परियोजनाको बार्षिक कार्ययोजनामा लैङिगक हिंसा सम्बन्धि कानुनी प्रावधान तथा उजुरी प्रक्रिया तालिम, किशोरीहरुलाई आत्मरक्षा तालिमदेखि धार्मिक अगुवाहरुलाई हानिकारक समाजिक मान्यता सम्बन्धि तालिमको ब्यवस्था राखेको छ ।
सहज परियोजनाको कार्यक्रम अधिकृत निर्मा चौधरीले सेवाप्रदायक र सेवाग्राही बिचको दुरी कम गरी सहज बातारणमा कार्यसम्पादन गर्नु आफुहरुको मुख्य उदेश्य भएको बताए । बिभिन्न समयमा सेवाप्रदायक र सेवाग्राहीहरुसँग छलफल गरी दुबैबिच कार्यसम्पदानको समयमा देखापरेको समस्याको समाधान गर्न मदत गर्न चालु आर्थिक बर्षमा कार्ययोजना ल्याएको जानकारी दिईन ।
अन्तरक्रिया कार्यक्रममा परियोजनाले सरोकारवालासँग बार्षिक कार्यको जिम्मेवारी बाँडफाँड गरेको थियो । युकेएडको आर्थिक सहयोगमा भिएसओ नेपाल र ईन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जनउत्थान केन्द्र अन्तर्गत सहज परियोजना सञ्चालनमा रहेको परियोजनाको समाजिक परिचालक बिनिता बरालले जानकारी दिईन ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठ, जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपलिका सदस्य शोभा कार्की , समाजसेवी भोला अधिकारी, सिमरा महिला साकोसका अध्यक्ष लनिता लम्साल , महिला अगुवा गिता सर्मा ,एकल महिला संघ बाराका उपाध्यक्ष बन्दना थापा , श्री नेरा मा.बि. पथलैयाका शिक्षक सुमन थापा मगर लगायतको सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।