प्रथम निजगढ महोत्सवको उद्घाटन गृहमन्त्री लेखकले गर्ने

साझेदारी दैनिक
334 पाठक संख्या

निजगढ : बाराको निजगढमा हुन लागेको प्रथम निजगढ महोत्सवको उद्घाटन नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले गर्ने भएका छन।

यही माघ ११ गतेदेखि २२ गतेसम्म निजगढमा आयोजना गर्न लागेको महोत्सवको गर्न आयोजकले गृहमन्त्री लेखकलाई काठमाण्डौ पुगेर दिएको निम्तो दिएको छ । गृहमन्त्री लेखकले स्वीकार गरेसंगै प्रमुख अतिथिको रुपमा गृहमन्त्री आउने भएका हुन ।

निजगढ उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको उद्घाटन गर्न प्रमुख अतिथिमा गृहमन्त्री लेखकलाई निमन्त्रणा गर्न संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पूर्व अध्यक्ष शम्भुबहादुर बुढाथोकी र प्रचार प्रसार संयोजक इन्दीप कोइराला लगायतको टोलीले काठमाण्डौमा गए निमन्त्रणा दिएको थियो । छ ।

निजगढ नगरपालिका वडा नम्बर ८ स्थित खयरघारी मैदानमा लगाईने उक्त महोत्सवको माघ ११ गते दिउँसो १ बजे उद्घाटन गरिने कार्यक्रम राखिएको आयोजक निजगढ उद्योग बाणिज्य संघले जनाएको छ ।

“कृषि÷पर्यटन तथा औद्योगिक व्यापार, समृद्घिको आधार” भन्ने मुख्य नाराका साथ संघले निजगढमा पहिलो पटक महोत्सवको आयोजना गर्न लागेको महोत्सव उद्घाटन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समेत आउने जनाईएको छ ।

महोत्सवमा ख्यातिप्राप्त गायक गायिका एवम् हास्य कलाकारहरुको प्रस्तुति रहने छ । यस्तै कृषि र व्यापारिक स्टलहरु रहने आयोजकले जनाएको छ भने महोत्सवले निजगढ क्षेत्रको मात्रै नभइ देशकै आर्थिक गतिविधि चलायमान पार्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

Leave a review