शान्ति सुरक्षामा कुनै कमि नगर्ने पर्साका प्रहरी उपरीक्षक मिश्रको प्रतिबद्धता

राम मण्डल
250 पाठक संख्या

वीरगन्ज : पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र र जिल्लामा रहेका सञ्चारकर्मी बिच भेटघाट एवम् परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भएर आएका प्रहरी प्रमुख मिश्रले सन्चारकर्मीहरुसित भेट्घाट एवम् परिचय गरेका हुन्।सो क्रममा एसपी मिश्रले आफू रहदा सम्म जिल्लाको शान्ति सुरक्षामा कुनै कमि हुन नदिने बताउदै यसमा आइपर्ने चुनौतीको सामना गर्ने प्रतिबद्धता जनाएका छन्।

आफू इमान्दार भएर जनताको सेवा गर्ने उनले बताए। वीरगञ्जमा नै प्रहरी निरीक्षक भएर काम गरिसकेको उनले स्मरण गरे। १८ बर्ष पहिले प्रहरी निरीक्षक भएर वीरगञ्जमा काम गर्दा हुने गरेको अपराधिक क्रियाकलाप र अहिलेको अपराधिक क्रियाकलापमा धेरै परिबर्तन आएको जनाएका थिए ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम मार्फत जिल्लाका ग्रामीण भेगमा बालविवाह,बहुविवाह,महिला हिंसा दाइजो प्रथा जस्ता विकृतिका विरुद्ध पर्सा प्रहरीले काम गरिरहेकोले त्यसलाइ निरन्तरता दिने उनको भनाइ थियो ।

साथै यस्ता कार्यमा प्रहरीले स्थानीय सरकार र नागरिक समाजसंग सहसकाार्य गरेर जनचेतनामुलक कार्यक्रमलाई पनि निरन्तरता रूपमा अघि बढाउने पनि उनले जनाए।

परिचयात्मक एवम् भेटघाट कार्यक्रममा पर्साका प्रहरी प्रबक्ता किशोर लम्साल,प्रहरी कर्मचारी पर्साका पत्रकार लगायतको सहभागिता रहेको थियोे। गत शुक्रबार प्रहरी प्रधान कार्यालयले पर्साका नयाँ प्रहरी प्रमुखको रुपमा मिश्रलाई पठाएको थियो ।

Leave a review

This will close in 0 seconds