भवन निर्माणको माग राख्दै नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले दिए धर्ना

राम मण्डल
323 पाठक संख्या

वीरगन्ज : नारायणी अस्पताल वीरगञ्जका चिकित्सक र स्वास्थ्यकर्मीहरुले जुलुश सहित धर्ना दिएका छन्। अस्पताल भवन निर्माणको माग गर्दै शुक्रबार धर्ना दिएका हुन्।

उनीहरुले हातमा विभिन्न माग उल्लेख गरिएको ब्यानर लिएर धर्ना दिएका हुन्।चिकित्सक र स्वास्थ्यकर्मीहरुले अस्पताल बाहिर त्रिभुवन राजमार्गमा बसेर धर्ना दिएका थिए।

जनता र स्वास्थ्यकर्मीमाथी न्याय गर,अन्याय बाट मुक्ती देउ,हामीलाई भुतबङ्गला होइन अस्पताल चाहिन्छ,न्यायको गाठो फुकाएर न्याय देउ लगायतका ब्यानरहरु लेखिएको प्लेकार्ड प्रदर्शनमा उत्रेका उनीहरुले बोकेका थिए।

लामो समय देखि सर्बोच्च अदालतमा अस्पताल भवनको निर्माण बारेको मुद्दा रहेको छ। त्यो मुद्दाको किनारा नलागेका कारण भवन निर्माण हुन नसकेकोले जिर्ण भवनबाट सेवा दिन बाध्य भएको धर्नामा सहभागी अस्पतालका चिकित्सक डाक्टर निरज सिंहले जानकारी दिए। भवन निर्माण नहुदा अस्पताल भवन दिन प्रतिदिन झन जीर्ण हुदै गएको उनले जनाए ।

जीर्ण भवनबाट नै सेवा दिदा समस्या हुने गरेकोले अस्पताल भवम निर्माण हुनुपर्ने आफुहरुको माग रहेको सिंहले बताए ।धर्ना तथा जुलुसमा जनप्रतिनिधि पनि सहभागी थिए ।

पर्सा जिल्लामा तीन तीन जना मन्त्र हरु हुदाहुदै पनि अस्पतालको भवन निर्माण नहुनु दुखको कुरा भएको वीरगञ्ज महानगरपालिका–४ का वडाध्यक्ष जगत साह कानुले बताए। उनले पनि अस्पताल भवनको मुद्दाको निर्णय भए भवन निर्माण हुन सजिलो हुने बताएका थिए ।

नारायणी अस्पतालको भवन निर्माणको बारेमा यहाँका मन्त्री देखि सरोकारवाला सबैले पहल गर्नुपर्ने कुरामा उनले जोड दिए। नारायणी अस्पताल भवन निर्माणको बारेमा सर्बोच्च अदालतमा बिचाराधिन रहेको मुद्दाको पेशी आउदो माघ २८ गते तोकिएको छ।

उक्त दिन मुद्दा को टुंगो लाग्ने बिशवास गरिएको छ । नारायणी अस्पतालमा मधेस प्रदेशका आठ जिल्लासहित देशका विभिन्न स्थानका बिरामीहरुले सेवा लिदै आएका छन् । अस्पताल भवन जीर्ण भएका कारण सेवा दिनमा कठिनाइ हुदै आएको छ।

Leave a review

This will close in 0 seconds