कलैया उपमहानगरपालिका वडा नम्बर १६ को वडा कार्यालयमा तालाबन्दी

साझेदारी दैनिक
साझेदारी दैनिक 699 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १६ को वडा कार्यालयमा मंगलवार स्थानीयहरुले तालाबन्दी गरेका छन ।
विभिन्न ११ सुत्रिय माग राख्दै वडा विकास सुधार समितिले विभिन्न नारावाजी गदैै प्रर्दशन सहित वडा कार्यालयमा तालावन्दी गरेका हुन ।

वडाध्यक्ष शेषनाथ साह निर्वाचित भएका तीन वर्षको कार्यकाल बितिसक्दा पनि मुस्कीलले ३ दिन पनि वडा कार्यालयमा पूरा समय उपस्थित भएर काम नगरेको भन्दै समितिले तालावन्दी गरेको जनाएको छ ।

हामीले दुईपटक सम्म सम्बन्धित निकायमा वडा कार्यालयमा वडा अध्यक्षको नियमित उपस्थिति तथा वडाका सम्पूर्ण कामहरु नियमित रुपमा संचालन सहितका विभिन्न माग सहित ज्ञापनपत्र दिदै ध्यानाकर्षण गराएका थियौ तर सम्बन्धित पक्षबाट कुनैपनि वास्ता नगरेको र वडा अध्यक्ष साह कार्यालयमा नियमित रुपमा उपस्थिति पनि नभएकोले तालाबन्दी गरेको समितिका अध्यक्ष अनिल कुशवाहाले बताएका छन ।

वडा अध्यक्ष साह वडा कार्यालयमा उपस्थित नभई व्यक्तिगत कामकाजमा व्यस्त रहने भएका कारण सेवाग्रहीलाई मार्कामा परेको स्थानीयहरुले गुनासो गरेका छन् । कार्यालयमा नबस्ने, जनताको सेवा, सिफारिस, विकास निर्माणका काममा आफूखुसी तानाशाही प्रवृत्तिबाट समिति बनाई आफ्ना नजिकका मानिसहरूलाई ठेक्का दिने, काम गर्ने जस्ता कामले जनगुनासाहरू बढ्दै गएकोले तालाबन्दी गरेको अर्का एक स्थानीय तथा समितिका सदस्य लक्ष्मी कुशवाहा बताएका छन ।

वडामा रहेको स्वास्थय निकायबाट सेवा ग्राहिहरु बञ्चित हुने गरेको, शैक्षिक संस्थाहरुको अनुगमन नभएको हुदाँ गुणस्तरीय शिक्षा नभएको, कृषि सम्बन्धी कुनै योजनाहरु हालसम्म सार्वजनिक नभएको, वडा नम्बर १६ मा नगर स्तरिय बजेटबाट गरेको योजनाहरु सर्वजनिक नभएको, प्रदेश स्तरिय योजनाहरु सर्वजनिक गर्न नचाहेको, केन्द्र स्तरिय योजनाहरु सर्वजनिक नभएको लगायतका विषयहरुको माग गर्दै तालाबन्दी गरिएको संघर्ष समितिका अध्यक्ष कुशवाहले बताए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review