बन ब्यवस्थापन कार्यविधि मस्यौँदा बिरुद्ध महासंघ डेलिगेसन जाने

रञ्जन यादव
227 पाठक संख्या

मधेश प्रदेश दिगो बन ब्यवस्थापन कार्यबिधि मस्यौँदा २०८० सम्बन्धी छलफल कार्यक्रम रौतहटको चन्द्रपुरमा सम्पन्न भएको छ ।

साझेदारी बन महासंघ मधेश प्रदेशको आयोजनामा भएको छलफलमा कार्यविधि मस्यौदाको बिभिन्न आयामको बिषयमा महासंघका सदस्यहरुको बिषयमा बिचार अदान प्रदान भएको थियो ।

छलफलमा दिगो बन कार्ययोजना मस्यौँदाको केही बुँदाहरुमा आफुहरुको बिमती रहेको साझेदारी बन महासंघ मधेश प्रदेश अध्यक्ष गणेशजी प्रसाद साहले जानकारी दिए ।

कार्यविधिमा रहेका केही बुँदाहरु साझेदारी बनको हक बिपरित रहेकाले साझेदारी बन महासंघको गम्भिर ध्यानाकर्षण भएको उनले प्रतिक्रिया दिए । अध्यक्ष साहले यथाशिघ्र उक्त बुँदाहरु सच्याउँन माग गरे ।

कार्यविधिमा राखिएको केही बुँदा बिरुद्ध मधेश प्रदेश सरकारको बन मन्त्रालय र बन सचिवालयमा डेलिगेसन जाने निर्णय भएको साझेदारी बन महासंघ मधेश प्रदेशले जनाएको छ ।

साझेदारी बन महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता साझेदारी बन महासंघ मधेश प्रदेशका अध्यक्ष साहको रहेको थियो ।

छलफलमा मधेश प्रदेशका बिभिन्न साझेदारी बन समितिका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Leave a review