अख्तियारद्वारा ट्रायलको सिसिटिभी फुटेज र फाईल नियन्त्रणमा

राम मण्डल
267 पाठक संख्या

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात ब्यवस्था कार्यालय वीरगञ्जमा अख्तियारले छापामारी गरेको छ।

उजूरीको आधारमा अख्तियारको हेटौडास्थित कार्यालयबाट आएको टोलीले मंगलबार परेको उजूरीको आधारमा कार्यालयको लाइसेन्स शाखामा छापमारी गरेको हो ।

सो क्रममा उजूरीसित सम्बन्धित लाईसेन्सको फाईल र सिसिटिभी फुटेज टोलीले लिएर गएको छ ।

सिसिटीभी फुटेज र लाईसेन्सको फाईलहरु नियन्त्रणमा लिएर फर्किएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा स्थित कार्यालयका प्रमुख उमाकान्त आचार्यले जानकारी दिए ।

उनले यातायात वीरगञ्जको लाईसेन्स शाखाबाट वितरण गरिएको लाईसेन्स नियम अनुसार ट्रायल परीक्षा दिएर लिखितमा पास भएर वितरण गरेको हो कि होईन भन्ने बारेमा अनुसन्धानको लागि फाईल र फुटेज नियन्त्रणमा लिइएको बताए ।

अख्थियारमा सबै भन्दा बढी उजूरी पर्ने भनेकै यातायात कार्यालयको भएको तथा वीरगञ्जको पनि त्यस्तै उजुरी परेकोले अनुसन्धानको लागि फाईल र सिसिटीभी फुटेज नियन्त्रणमा लिएको उनले बताए ।

नियन्त्रणमा लिइएको फाईल र फुटेजहरु हेरेर उजुरीको बारेमा कारवाही अघि बढाउने आचार्यको भनाई छ । यातायात ब्यावस्था कार्यालयमा दुई वटा शाखा रहेकोमा पछिल्लो समय प्रदेश सरकारले लाईसेन्स सवारी शाखालाई मर्ज गरेको छ ।

Leave a review

This will close in 0 seconds