जिल्ला प्रहरी कार्यालय बाराको मुद्धाफाटमा कार्यरतm प्रहरी जवानमा शनिवार कोरोना पुष्टि भएपछि आईतवार कलैया स्थित रहेको कलैया अस्पतालको आइसोलेसनमा राखिएको जानकारी प्राप्त भएको छ ।
जिल्ला प्रहरी कार्यालयको आइसोलेसनमा राखिएको ती प्रहरी जवानलाई एम्बुलेन्सबाट कलैया अस्पतालमा लगिएको छ । सोमवार देखि जिल्ला अस्पतालमा दिदै आएको सेवाहरु ठप्प हुने कलैया अस्पतालका प्रमुख बिरेन्द्र मण्डलले जानकारी दिए ।
ईमरजेन्सीमा भर्ना रहेको २ जना बिरामी र प्रसुतीमा भर्ना रहेको १५ जना बिरामीहरुलाई कलैया स्थित रहेको बारा नर्सिङमा सारिएकोे प्रमुख मण्डलले भने । अस्पतालमा दिदै आएको सेवा बारा नर्सिङ होममा सेवा प्रदान गर्ने भएको हुदा उपचारका लागि सोहि ठाँउमा जान सबै नागरिकहरुलाई आग्रह समेत गरे ।
क्वाटरमा रहेकोहरुलाई हालका लागि कलैया अस्पतालमा नै रहने प्रमुख मण्डलले बताए । प्रहरी जवानलाई अस्पतालको आइसोलेसनमा राखिएपछि अस्पतालको क्यावरमा बसेकाहरुमा निकै चिन्ता थपेको एक जना कर्मचारीले बताए ।यता बारा नर्सिङका संचालक डाक्टर मोस्तिकीम मंसुरको स्वास्थ्य सेवा पुर्णरुपमा प्रभाव गर्ने प्रतिक्रिया दिए ।
जिल्ला प्रशासन कार्यालय कलैया,बारामा आइतबार बसेको सर्वदलिय बैठकले कलैया उपमहानगरपालिका ५ मा रहेको नारायणी सिँचाई कार्यालयको भवनको जग्गामा कोरोना भाइरस उपचारको लागि अस्पताल बनाउने निर्णय गरेको छ ।
प्रदेश २ सरकारले जिल्ला अस्पतालको रुपमा सेवा दिई रहेको कलैया अस्पताललाई कोरोना उपचार केन्द्रका रुपमा सञ्चालन गर्ने गरेको निर्णयको बिरोध सुरु भएपछि सर्वदलिय बैठकबाट दिर्घकालिन रुपमै सिँचाई कार्यालयमा कोरोना अस्पताल बनाउने निर्णय गरिएको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले साझेदारीलाई जानकारी दिए ।
दुई महिना भित्रमा कोरोना अस्पताल सञ्चालनमा ल्याउने गरि काम शुरु गर्ने र त्यसको भौतिक संरचना लगाएतको कार्यमा शुरुमा ८० लाख खर्च लाग्ने अनुमान गरिएको प्रदेश साँसद पारस साहले बताए ।
कोरोना अस्पताल निर्माणमा लाग्ने खर्चको आधा रकम ४० लाख जति कलैया उपमहानगरपालिकाले व्यवस्था गर्ने र बाँकी रकम प्रदेशसभा सदस्य पारसले संसदिय विकास कोषबाट दिने प्रतिबद्धता गरेको कलैयाका नगर प्रमुख यादवले बताए ।