पर्सामा ७६ केजी गाजा सहित दुई जना पक्राउ

राम मण्डल
317 पाठक संख्या

वीरगन्ज : ७६ केजी गाजासहित पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पटेर्वा सुगौली गाउँपालिका–१ बस्ने ३० बर्षका असलम मिया र वडा नम्बर –४ बस्ने १९ बर्षका अर्जुन महतो रहेका छन् ।

प्रहरीले जिरा भवानी गाउँपालिका–३ जितपुर सडकखण्डमा चेकजाँच गर्ने क्रममा मियाको साथबाट ४६ केजि गाजा प्रहरीले बरामद गरेको छ ।

यस्तै पटेर्वा सुगौली–१ पर्सा रास्ट्रिय निकुञ्ज क्षेत्र भित्र चेकजाँच गर्दा महतोलाई ३० केजि गाजा सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरीपर्साका प्रहरी प्रबक्ता डिएसपी सुबास भट्टले जानकारी दिए ।

गाजा सहित पक्राउ परेका दुबै जनालाई लागू औषध समबन्धी कसुरमा थप अनुसन्धान भइरहेको उनले बताए ।

Leave a review

This will close in 0 seconds