जनमतद्वारा माधोपुरमा आँखा शिवीर

राम मण्डल
385 पाठक संख्या

वीरगञ्ज :जनमत पार्टीले पर्साको जगरनाथपुर गाउँपालिकामा निशुल्क आँखा शिवीर सम्पन्न गरेको छ।

वीरगंज सामुदायिक ऑखा केन्द्रको प्राविधिक सहयोगमा जगरनाथपुर गाउँपालिका–६ माधोपुर स्थित विद्यालय प्रांगणमा निशुल्क ऑखा शिविर सम्पन्न भएको हो।

पार्टीका क्षेत्र न ४ का क्षेत्रीय संयोजक बृजेश्वर प्रसाद चौधरीका अनुसार शिवीरबाट ११९ जनाको जाँच गरिएकोमा ३७ जनामा मोतियाविन्द देखिएको छ।

उनीहरुको यसै हप्ता २० गते मंगलवार वीरगंजको सामुदायिक ऑखा केन्द्रमा निशुल्क शल्यक्रिया गरिने चौघरीले जानकारी दिए।

शिवीरमा पार्टीका केन्द्रीय सदस्य विनय यादव,यूवा नेता हिरालाल राम,सामाजसेवी दशरथ साह,शिवलाल राम,सुखराम राम शिविर संयोजक राजेश चौधरी लगायतको उपस्थिति रहेको थियो।

Leave a review