कलैया : बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाई स्थित पूर्व पश्चिम राजमार्गमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी एक जना घाईते भएका छन ।
घाईते हुनेमा स्कुटी चालक.मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १४ बस्ने ५१ बर्षिय राजेश घलान रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनको दुबै खुटृामा चोट लागेको छ ।
उनलाई उपचारको लागि हेटौडा सरकारी अस्पताल मकवानपुरमा पठाईएको छ ।हेटौडाबाट कलैया तर्फ जादै गरेको ना ५ख ४०७३ नम्बरको बसले सोही दिशाबाट आउदै गरेको बा.प्र.०३–००५–प ९२२४ नम्बरको स्कुटीलाई ठक्कर दिदा सोही दिशा तर्फ जादै गरेको ना.७ ख ४६३९ नम्बरको टिपरमा ठोकिदा स्कुटी चालक घलान घाईते भएका हुन।
बस,स्कुटी,टिपर र टिपर चालक मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ बस्ने ३५ बर्षिय सोम तामाङ ईलाका प्रहरी कार्यालय अम्लेखगंज बाराको नियन्त्रणमा रहेका छन ।बस चालक फरार रहेको र बसमा सवार यात्रुहरुलाई अर्को बसमा गन्तव्य तर्फ पठाईएको प्रहरीले जनाएको छ ।

