करोडौको माल सामान बरामद

राजेश कुशवाहा
277 पाठक संख्या

कलैया : प्रहरीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थित सडक खण्डमा बुधबार राति करोडौ रुपैया बराबरको बिल बिजक भन्दा बढीको माल सामान बरामद गरेको छ।

प्रहरी चौकी पथलैयाका प्रहरी नायब निरीक्षक बब्बी बम्जनको कमाण्डमा खटिृएको प्रहरी टोलीले बीरगंजबाट कास्की तर्फ जाँदै गरेको ना ५ ख ९१४९ नम्बरको ट्रक बाट दुई करोड ७० लाख ५६ हजार ३ सय ८ रूपैयाँ बराबरको बिल बिजक भन्दा बढीको माल सामान बरामद गरेको हो।

ट्रकलाई रोकी जाँच गर्दा बिल बिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

सो ट्रक बाट नोकिया र वल्र्ड लिंक कम्पनीको राउटर १७,२८० पिस बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद भएको माल सामान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ।

Leave a review