कोल्हवीमा अनौपचारिक शिक्षा राष्ट्रिय योग्यता प्रारुप सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
305 पाठक संख्या

कोल्हवी : धीरेन्द्र पनुहर/ बाराको कोल्हवीमा अनौपचारिक शिक्षा तथा आजिवन सिकाइ कार्यक्रमको कार्यान्वयनको लागि स्थानीय स्तरीय संयन्त्र विकास र कार्य विवरण सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।

कोल्हवी नगरपालिकाको आयोजना तथा युनिसेफ र पि.पि.सि. को सहकार्यमा उक्त कार्यक्रम कोल्हबीमा अवस्थित रोजउड होटेलमा सम्पन्न भएको हो।

सो कार्यक्रममा अनौपचारिक तथा जीवन पर्यन्त शिक्षा,औपचारिक तथा वैकल्पिक शिक्षा मार्ग,जीवन पर्यन्त सिकाई,अनौपचारिक तथा आजीवन सिकाईको स्वरुप,अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि एन,सिकाई क्षेत्रहरू,पाठयक्रम संरचना लगायतको बिषयवस्तु माथी छलफल गरिएको थियोे ।

स्थानिय तहमा अनौपचारिक शिक्षा तथा आजीवन सिकाइका कार्यक्रमहरुको प्रभावकारी रुपमा कार्यान्वयन गर्नको लागि कार्यान्वयन समिति पनि चयन गरिएको छ।

समितिको संयोजकमा सलाउदिन अंसारी सदस्यहरूमा पितानाथ लुइँटेल,व्यवस्थापन समितिका अध्यक्षहरु मध्येबाट समितिले मनोनीत गरेको व्यक्ति १ जना,श्री मणि माध्यमिक बिधालय कोल्हबी ११ थस्कौलबाट १ जना,डिल्ली बहादुर हमाल,सि.एल.सि. अध्यक्ष जय इश्वर चौधरी,आसमान अथवा एन.एफ.सि.सि.बाट १ जना,चन्द्रदेव कुश्वाहा,पुनम चौधरी र सचिवमा मिश्रि लाल साह गरि नौ सदस्यीय समिती चयन गरिएको छ ।

कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोल्हबी नगरपालिकाका उप प्रमुख लक्ष्मी कुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल,वडा न.१ का वडा अध्यक्ष राजहरण चौधरी,२ का वडा अध्यक्ष गोपाल प्रसाद अधिकारी,३ का वडा अध्यक्ष किशुन दयाल चौधरी,४ का वडा अध्यक्ष विष्णु मैनाली,९ का अध्यक्ष दल बहादुर चौधरी,१० का अध्यक्ष कुन्ज बिहारी चौधरी,११ का नन्दकिशोर चौधरी,श्री जनता मा. बि. प्रसौनाका प्रधानाध्यापक चन्द्रदेव कुश्वाहा,श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय सपहीका प्रधानाध्यापक भुनेश्वर चौधरी,श्री मणि मा बी थास्कौलका प्रधानाध्यापक जगदीश पंडित,श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय नया बस्तिका प्रधानाध्यापक रघुनाथ चौधरी,कोल्हबी नगरपालिकाका योजना शाखा प्रमुख देवनारायण चौधरी,महिला तथा बालबालिका शाखा प्रमुख बिमला सुनार,अमिन सरोज राय यादव लगायतका उपस्थिति रहनु भएको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुलाइ स्वागत मन्तव्य कोल्हवी नगरपालिकाका शिक्षा प्रमुख मिश्रि लाल साहले गर्नु भएको थियोे ।

अभिमुखिकरण कार्यक्रममा प्रशिक्षक विशेषज्ञहरु युनिसेफका इन्द्र गुप्ता र पि.पि.सि. का सितेश तिवारीले प्रशिक्षण गर्नुभएको थियो ।

Leave a review

This will close in 0 seconds