जीतपुरसिमराले निशुल्क कृषि मिटर जडान गरि दिने निणर्य

रञ्जन यादव
627 पाठक संख्या

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले कृषिमा नयाँ युगको सुरुवात गर्दै कृषि विधुतीकारणका लागि मिटर जडान र त्यसमा उठ्ने बिजुलीको रकम पनि तिर्ने भएको छ ।

नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको बैठकमा वडा नं १७, १८, १९, २० र २४ का कृषियोग्य जमिनमा सिँचाइको सहजताका लागि कृषि विद्युत मिटर जडान गर्ने निर्णय भएको हो ।

उक्त जडित मिटरमा उठने रकम उपमहानगरपालिकाले आफैँ तिरि दिने जनाईएको छ । जीतपुरसिमरा उपमहानगरपालिका,नेपाल बिद्युत प्राधिकरण र कलैया बितरण केन्द्रसँगको सहकार्यमा किसानको खेत खेतमा कृषि बिद्युत लाईन प्रसारण गरिसकिएको छ ।

यसको कार्यान्वयनले किसानहरूले नियमित र भरपर्दो बिजुलीमार्फत सिँचाइ गर्न सक्नेछन्,जसले कृषि उत्पादनमा गुणात्मक वृद्धि ल्याउने अपेक्षा नगर प्रमुख पौडेलले गरेका छन्। विजली सुविधाले आधुनिक कृषि प्रविधि अपनाउन पनि टेवा पुग्ने विश्वास जीतपुरसिमरा उपमहानगरपालिकाले गरेको छ ।

यधपी उपमहानगरपालिकाको यो निणयले किसानहरु हर्षित भएका छन तर यसअघि पनि उपमहानरपालिकाले कृषि मिटरको महशुल नगरपालिकाले तिर्ने भनी सूचना जारी गर्ने र निवेदन माग गर्ने गरेको गरेपनि कार्यान्वय नभएको हुदा फेरी पनि कार्यान्वय हुनेमा आंशका गरिएको छ ।

महत्वपुर्ण आकाक्षी निणर्यहरु गर्ने तर कार्यान्वयनमा चासो नदिने उपमहानगरपालिको प्रवृतिले गर्दा यो निणर्य पनि कार्यान्वय हुने झिनो आशा मात्र रहको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का निवर्तमान वडाअध्यक्ष नवराज बहादुर खड्काले बताएका छन ।

Leave a review