ब्रम्हकुमारी राज योग केन्द्रले गर्‍यो शुभकामना आदान प्रदान

साझेदारी दैनिक
320 पाठक संख्या

कलैया : ब्रम्हकुमारी राजयोग सेवा केन्द्र कलैया बाराले बिहीबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ।

ब्रम्हकुमारी राज योग केन्द्र कलैयाकी सञ्चालिका मिना दिदीको अध्यक्षतामा सो कार्यक्रम भएको हो।

वडा दशै,शुभ दिपावली तथा छठपर्वको अवसरमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि बारा क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य ज्वालाकुमारी साहले चाड पर्व भव्य तथा सभ्य तरिकाले मनाउन आग्रह गरिन्।

सबै ईश्वरका सन्तान भएकोले समभावले काम गर्न उनले आग्रह गरिन्। ईश्वरले कुनै भेदभाव नगरी हामीलाई मानवको रुपमा जन्म दिएको जनाउँदै समाजमा रहेको सबै विभेदको अन्त्य आवश्यक रहेको बताइन्। आपसमा प्रेम सदभाव बनाउन आवश्यक रहेको उनले बताइन्।

ब्रहमकुमारी राजयोगमा आउने वितिकै सारा संसार विर्सेर मानवतालाई सर्वोपरि राखेर अगाडी बढने प्रेरण मिल्ने गरेको उनले सुनाइन्। एक आपसमा सदभाव र प्रेम आवश्यक रहेको उनले जनाइन्। संस्थाले निस्वार्थ रुपमा सबैलाई सतमार्ग अपनाउन र सबैसँग माया प्रेम गर्दै शान्तिपूर्वक जिवनयापन गर्न सिकाउने गरेको उनको भनाई थियो।

विभिन्न काम,व्यापार,व्यवसाय गर्ने गरेको जनाउँदै असमानताहरुलाई हटाउँदै अगाडी बढनुपर्ने उनले जनाइन्। सो कार्यक्रममा संविधान सभाका सदस्य बलबीर चौधरीले आत्मज्ञान महत्वपूर्ण रहेको बताए। उनले अध्यात्मिक क्षेत्रमा केन्द्रले गरेको कामको प्रशंसा गरे।

पूर्व मधेश प्रदेश सभाका सदस्य पारस साहले आफु सेवा केन्द्रमा आउँदा शान्ति अनुभूत गर्ने गरेको बताए।

कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोदप्रसाद साहले सबैलाई पर्व खुशीयालीपूर्वक मनाउन आग्रह गरे।

नेकपा एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डेयले शुभकामना दिदै सबैको दीर्घायु,सुस्वास्थ्य र सम्बृद्धिको कामना गरे।

कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहनबहादुर क्षेत्री,समाजसेवी जङ्गबहादुर यादव,पत्रकार सिकेन्द्र पासवान लगायतकाले शुभकामना आदान प्रदान गरेका हुन्।

उक्त कार्यक्रममा सञ्चालन शुषमा बहन र स्वागत देवेन्द्र गिरीको रहेको थियो। कार्यक्रममा सञ्चारकर्मीहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,केन्द्रमा आबद्ध व्यक्तिहरु लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा मारवाी सेवा समिति बाराका अध्यक्ष जगदीश अग्रवाल, डिके ईन्टरप्राइजेजका दिलिप चौधरी,उद्योगी निरन्जन अग्रवाल,शिक्षा सेवी रामबाबु कुशवाहा,रामधारी यादव,संरक्षण नेपालकी अध्यक्ष बबिता जयसवाल लगायतको विशेष उपस्थिति थियो।

Leave a review