सिमरा : डिभिजन वन कार्यालय बाराले वन डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ।
यसै क्रममा बुधबार वन डढेलो नियन्त्रणका लागि प्रभात फेरी कार्यक्रमको आयोजना गरियो,जसमा सिमरा बजार परिक्रमा गर्दै कोण सभामा परिणत गरिएको थियो। प्रभात फेरीमा सहभागीहरूले वन संरक्षण तथा वन डढेलो नियन्त्रणसम्बन्धी विभिन्न नारा लगाउँदै जनचेतना जगाएका थिए।
सहभागीहरुले ढडेलो नियन्त्रण हाम्रो हातमा उज्जवल भबिष्य हाम्रो साथमा,बन हाम्रो भबिष्य हो बन जोगाउ भबिष्य बचाउ लगायतको नारा लगाएका थिए ।
कोण सभामा प्रमुख वक्ताका रूपमा बोल्दै डिभिजनल वन अधिकृत राजीव कुमार झाले वन डढेलो नियन्त्रण सबैको साझा प्रयासबाट मात्रै सम्भव हुने उल्लेख गरे। उनले यस समस्याको समाधान ग्राउन्ड तहबाटै खोज्नुपर्नेमा विशेष जोड दिए ।
डिभिजन वन कार्यालय बाराले वन संरक्षण र डढेलो नियन्त्रणका लागि समुदायस्तरबाटै पहल आवश्यक रहेको भन्दै विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यस अभियानले स्थानीय समुदायलाई वन संरक्षणप्रति अझै जिम्मेवार बनाउन मद्दत गर्ने विश्वास लिइएको छ ।
कार्यक्रममा डिभिजन बन कार्यालय,सब डिभिजन बन कार्यालय,उपभोक्ता समुहको पदाधिकारी,सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
डिभिजन बन कार्यालय बाराले बन ढढेलो नियन्त्रणकोलागि जिल्ला स्तरमा र सब डिभिजन स्तरमा ढडेलो नियन्त्रण सञ्जाल बनाएको छ ।चैत्र १ गते देखि सुरु भएको बन ढडेलो नियन्त्रण सचेतना कार्यक्रम चैत्र ७ गते सम्म चल्ने छ ।


