कलैया : सशस्त्र प्रहरीले बिहीबार बाराको पचरौता नगरपालिका वडा नम्बर ३ रामनगरमा एक ट्रक बाट एक क्विन्टल तीन किलो अबैध लागु औषध गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल बि.ओ.पी बेनौलीका सशस्त्र प्रहरी नायब निरिक्षकक बिश्वराज कुंवरको कमाण्डमा खटिृएको चेकिङ टोलिले ना. ८ ख ९०२७ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सशस्त्र प्रहरीले हेटौडा रामनगरबाट कोतवाली तर्फ जाँदै गरेको ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त अवैध लागु औषध गाँजा बरामद गरेको हो ।
बरामद गरिएको गाँजा सहित ट्रकलाई सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको छ ।

