रौतहट गरुडास्थित जयसवाल जेनरल स्टोरमा भीषण आगलागी,लाखौंको मालसामान जलेर नष्ट

साझेदारी दैनिक
390 पाठक संख्या

रौतहट :करण कुमार मिश्र/रौतहटको गरुडा बजारमा रहेको जयसवाल जेनरल स्टोर्समा शनिवार राति भिषण आगलागी भएको छ। आगलागीमा परी लाखौं मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ।

गरुडा नगरपालिका वडा नम्वर ४ बसपार्कस्थित हरिशंकर प्रसाद जयसवालले संचालन गर्दै आएको जयसवाल जेनरल स्टोर्समा आगलागी भएको हो। आगलागीबाट ४० लाख रुपैयाँ बढीको मालसामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

आगलागीबाट पसलमा रहेका कपडाल गायतका सामान जलेर पूर्ण रूपमा नष्ट भएको जनाएको छ। पसलमा रहेको सामानको तथ्यांक अनुसार ४० देखि ५० लाखको मालसामान जलेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले साझेदारी दैनिकलाई जानकारी दिए।

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि आगलागीको कारण अझै खुल्न नसकेको डिएसपी कार्कीको भनाइ छ। आगलागी भएको थाहा पाउने वित्तिकै राति १ बजेको समयमा प्रहरी उक्त स्थानमा पुगेर २.४५ बजेको समयमा आगो नियन्त्रणमा आएको थियो।

ईप्रका गरुडाका प्रहरी,स्थानीय बासिन्दासहित जिल्लाबाट आएको वारुण यन्त्रको सहायतबाट आगो माथि नियन्त्रण लिन सम्भव भएको प्रनाउ कार्कीले जानकारी दिए।

प्रारम्भीक अनुमान अनुसार ४० देखि ५० लाख सम्मको लत्ताकपडा जलेर नष्ट भएको जानकारी दिदै वास्तविकता बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्कीले बताए।

Leave a review

This will close in 0 seconds