लघुबित्त सँस्थाहरुले दुख दिएको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी तथा मालपोत कार्यालयमा ज्ञापनपत्र दिइएको छ ।
समयमा साँबा ब्याज नतिर्दा घरमा पुगेर समेत लघुबित्तका कर्मचारीहरुले धाक धम्कि दिने गरेको भन्दै ऋणीहरुले बिरोध प्रदर्शन गरेका छन ।
लघुवित्तीय संस्था बिरुद्ध संघर्ष समिति नेपाल पर्साको नेतृत्वमा निस्किएको लघुबित्त पीडितहरुको जुलुसले वीरगञ्ज महानगरको परिक्रमा गरेको थियो । उनीहरुले पर्साका प्रमुख जिल्ला अधिकारी र मालपोत कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए ।
जुलुसमा सहभागी भएकाहरुले जनपक्षीय मौद्रिक नीति कायम गर भन्ने उनीहरुले प्ले र्का बोकेका थिए । उनीहरुले सामुहिक ऋण मिनाहा गर,नव सामान्ति रुपमा स्थापित लघुबित्त बित्तिय संस्था खारेज गर,सामुहिक ऋण मिनाहा गर,बैंक तथा वित्तीय संस्थाको ब्याज दर एकल अंकमा कायम गर भन्ने प्ले कार्ड उनीहरुले बोकेका थिए ।
किसानहरूको जमिन लुटन पाउदैन, लिलामि गरको जग्गा फिर्ता गर,पत्रपत्रिकामा ऋणीहरुको नामावली प्रकाशित गरि चरित्र हत्या गर्न पाउदैन लगायतका नाराहरु लेखिएको प्लेकार्ड उनीहरुले बोकेका थिए ।पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेगमीलाई ज्ञापन पत्र बुझाउदै लघुबित पिडीतको समस्या समाधान गर्न माँग गरेका थिए ।
लघुवित्तिय संस्था बिरुद्ध संघर्ष समिति नेपाल पर्साका अध्यक्ष शिवजी साहले लघुबितीय सँस्थाहरुले ऋणीहरुलाइृ डराउने धम्काउने काम गरिरहेको बताए ।लघुवित्त सँस्थाहरुले करोडौको जमिन लाखौ रुपैयामै धितो राखेर गरिबहरुको जमिन हडप्न खोजेको पर्साको बिन्दबासिनी गाउँपालिका ३ झौवाका महम्मद देवानले गुनासो गरे ।
लघुवित्तहरुले बिभिन्न बहानामा ऋण दिएर ब्याजको ब्याज समेत असुल गरिरहेको लघुबित्त पीडित वीरगञ्ज ३१ लक्ष्मिपुरकी मैना देबीको भनाई छ ।लघुवित्त पीडितहरुको ज्ञापन पत्र बुझदै त्यसको समाधानको लागि आपूmले सक्दो सहयोग गर्ने आश्वासन पर्साका प्रमुख जिल्ला अधिकरी हिरालाल रेग्मीले दिएका थिए ।
लघुवित्तीय संस्थाहरुले गाउँघरका गरिब दिनदुखीहरुलाई ऋण दिएर अहिले घर न घाटकोृ बनाएको आरोप उनले लगाए ।
विभिन्न बहानामा जग्गा जमिन समेत लिलामी गर्न चाहिरहेकोले त्यसको बिरुद्धमा आफुहरु उत्रिएको पीडितहरुको भनाई छ ।

