कलैया : जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी यूवा संघको अधिवेशन गर्न कार्यदल लगायत समितिहरु बनेको छ।
संघको पार्टी जिल्ला कार्यालयमा नरेश यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले समितिहरु गठन गरेको हो।
जिल्ला अधिवेशन गर्न दिपेन्द्र यादव संयोजक र मुकेश मण्डल,जगमोहन साह उपसंयोजक रहने गरी २० सदस्यीय समिति गठन गरिएको छ।
अधिवेशन सम्पन्न गर्न कार्यदलको संयोजकमा उपेन्द्रकुमार यादव,सहसंयोजकमा मुकेश कुमार मण्डल,सदस्यमा शेष महताब,नरेश यादव,दिपेन्द्रकुमार यादव,सुनिल कुशवाहा,जगमोहन साह रहेको सात सदस्यीय कार्य दल गठन भएको छ।
पालिका अधिवेशन गर्न कलैया उपमहानगरपालिकाको ईञ्चार्जमा मुकेशकुमार मण्डल,सुवर्ण गाउँपालिकाको ईञ्चार्जमा शेष महताब आलम,देवतालमा सुनिल कुशवाहा,सिम्रौनगढको ईञ्चार्जमा अर्जुन यादवलाई तोकिएको छ।


