प्रादेशिक अस्पताल कलैयाका मेसुको चरम लापरबाहीले सेवाग्राही मारमा

संदिप प्रसाद यादव
1.1k पाठक संख्या

प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बिकास साहको चरम लापरबाहीको कारण सेवाग्राही मारमा परेका छन् ।

बाराको सदरमुकाम कलैयामा रहेको जिल्ला अस्पतालबाट प्रादेशिक अस्पतालमा उन्नति गरिएको अस्पतालको अवस्था खस्दो रहेको छ । सरकारी अस्पतालको अवस्था लथालिङ्ग हुन पुगेको छ ।

विभिन्न राजनीति दलका नेताहरुले बारम्बार अस्पताल सुधार्न अवगत गराउदा समेत राजनीतिक पावरको आडमा अस्पताललाई लथालिङ्ग पार्ने कार्य नरोकिएपछी पुर्व प्रदेश सभ सदस्य पारस प्रसाद साह,कलैया उपमहानगरपालिका का नगर प्रमुख बिनोद साह,पुर्व संबिधान सभा सदस्य प्रमोद गुप्ता,माओवादीका नेता मुकेश साह र उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह लगायतकाले अस्पतालमा स्थलगत अनुगम गरेका छन् ।

अनुगमनका क्रममा अस्पताल पुर्ण रुपले अव्यवस्थित रहेको तथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.बिकाश साह गैरजिम्मेवार रुपमा देखिएको अनुगमनमा गएका एकजनाले बताए ।

मेडिकल सुपरिटेन्डेन्ट साह र अस्पतालका कर्मचारीहरुले समयमा हाजिरी समेत नगरेको खुलेको छ ।

लामो समयदेखी फिङर हाजिरी हुँदै आएपनी अहिले मुसाले तार काटेको मेसु डाक्टर साहले बताएका छन् ।

डाक्टरहरुले मनोपरी काम गर्न थालेका छन् । यसको जवलन्त उदाहरण प्रादेशिक अस्पताल कलैया भएको छ ।

अस्पतालमा समयमा डाक्टर नआउने,एक्स–रे का लागि बाहिर पठाउने र शौचालय लगायत सरसफाई नहुने जस्ता समस्या रहेको सेवाग्राहीले आरोप लगाएका छन ।

प्रादेशिक अस्पताल कलैयाको सुधार होला भन्दा अस्पताल व्यवस्था नै कमजोर र अस्पताल खाली नामको मात्र हुन पुगेको कलैयाका स्थानीयबासीहरुको गुनासो छ ।

डाक्टरहरुको चरम लापरबाहीले गर्दा बाराबासीहरुले सास्ती भोग्न बाध्य भएका छन् । अस्पतालमा रहेको हेमोडायलासिस् मेशिन कलैयाको प्रादेशिक अस्पतालमा दुई वर्ष देखि थन्किएको अवस्थामा छ ।

यस्तै आईसीयू वार्डमा एसि नचल्दा सेवाग्राहीहरु मारमा समेत परेका छन् । एउटा फ्यानले ३ जना बिरामीहरु हावा खाने गरेको पाइएको छ । ४ महिना देखी एसि मर्मत नहुदा धेरै दिन देखि बसेका बिरामीहरुलाई घाउ आउने र आईसीयू वार्ड बस्न समेत गाह्रो भएको छ ।

आईसीयू वार्डका कर्मचारीहरु पीडित भए पनि प्रमुखको दबाबका कारण काम गर्दै आएका छन् । सरुवा रोगका बिरामीलाई एउटै वार्डमा राख्ने गरेका छन् । करारको कर्मचारी भन्दै हेला गर्दै आएका एक स्टाफले बताएका छन् ।

बारा देखि रौतहटसम्मका तथा सीमावर्ती भारतीय गाउँका बिरामीहरुले समेत उपचार गराउन आउँछ तर राति कुरुवालाई बस्ने ठाउँ नहुनु आफै लज्जास्पद रहेको समेत सेवाग्राही मण्डले बताएका छन् ।

सम्बन्धित निकायको ध्यान नगए अस्पतालको अवस्था डमाडोल हुने स्वास्थ्य क्षेत्रका विज्ञहरुको भनाई रहेको छ ।

Leave a review

This will close in 0 seconds