जीतपुरसिमरा भू–सेवा केन्द्र सञ्चालन गरिने,अब सम्पूर्ण जग्गासम्बन्धी कार्य वडा कार्यालयमै

रञ्जन यादव
652 पाठक संख्या

जीतपुर । जीतपुरसिमरा उपमहानगरपालिकाले नागरिकलाई सहज र छिटो सेवा प्रदान गर्न भू–सेवा केन्द्र सञ्चालनको सुरुवात गरेको छ।

यस केन्द्रमार्फत अब वडाबाट नै सम्पूर्ण जग्गासम्बन्धी प्रशासनिक कार्यहरु गर्न सकिनेछ ।

भूमिसम्बन्धी कार्यहरू सहज बनाउने उद्देश्यले उपमहानगरपालिकाले यो पहल लिएको नगर प्रमुख राजन पौडेलले जानकारी दिए ।

यस केन्द्रको सञ्चालनसँगै मालपोत कार्यालयमा देखिएको विचौलियाको भूमिकालाई पूर्ण रूपमा निस्तेज गरिने बिश्वास लिएको छ ।

अब स्थानीयवासीहरूले वडा कार्यालयमै पुगेर आफ्नो जग्गासम्बन्धी आवश्यक कार्यहरू गर्न सक्नेछन्,जसले सेवाग्राहीलाई समय र झन्झटबाट मुक्ति दिने जनाईएको छ ।

एक तालिमको आयोजना गरि वडा सचिव तथा प्रतिनिधिहरुलाई भू–सेवा केन्द्रको कार्यप्रणाली,सेवाग्राहीलाई प्रदान गरिने सुविधाहरू र सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक विधिहरूबारे जानकारी गराएको छ।

उपमहानगरपालिकाले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएपछि नागरिकहरूले वडाबाटै सरल,सहज र पारदर्शी रूपमा सेवा पाउने विश्वास जीतपुरसिमरा उपमहानगरपालिकाले गरेको छ ।

Leave a review

This will close in 0 seconds