कोरोना महामारीमै मुस्लिम समुदायले मनाए बकर इद

साझेदारी दैनिक
साझेदारी दैनिक 386 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इर्द शनिवार हर्षोल्लासका साथ मनाएका छ ।कोरोना महामारीकैवीच कतिपय ठाँउहरुमा सामाजिक दुरी पालना नगरिएको तथा मास्क समेत नप्रयोग गरिएको पाइएको छ।

हरेक वर्ष झैँ यसवर्ष पनि सबै मुस्लिम समुदायका व्यक्तिहरु सतर्कताका साथ आफ्नो पर्व मनाएका छन तर कतै कतै उक्त नियमहरु पालना नगरी पर्व मनाइएको पार्ईएको छ।

कलैया उपमहानगरपालिका वडा नं.९ रामपुर टोलमा मेला जस्तै लागेको थियो । ठेलाहरुमा विभिन्न खानेकुराहरु भाजा , पानीपुरी , चटपटे लगायतका बेचिरहेका थिए । भने त्यहाँ बच्चाहरुको मनोरन्जनको लागि झुला समेत राखिएको थियो।

यस्तो विषम परिस्थितिमा यसरी लापरर्वाहिका साथ जथाभावि पसलहरु राखेर मेला जस्तो लगाईएको हुदा महामारी सर्न सक्ने संभावना पनि उतिकै हुन्छ । हरेक जाती तथा धर्मालम्बीहरुले सबैले आ आफ्ना पर्व मनाउदा कोरोनाको डरलाई मान्नुपर्ने बेलामा यसरी पर्व मनाउँदै कोरोना संक्रमण भैलिन सक्ने सम्भावनालाई मध्यनगर गरेर सतर्क भै पर्व मनाउन स्थानीय महम्द अंसारीले आग्रह गरेका छन ।

समाचार शेयर गर्नुहोस
Leave a review