एम्बुलेन्समा ५६ किलो लागु औषध गाँजा सहित तीन जनालाई पक्राउ

साझेदारी दैनिक
साझेदारी दैनिक 484 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
बाराको सिमरा स्थित अल्पाईन अल्पाईन मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको एम्बुलेन्समा ५६ किलो लागु औषध गाँजा सहित तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका वडा नं.१५ बस्ने बर्ष २३ का जितबहादुर वाईबा,बर्ष २२ का दिलबहादुर वाईबा र पर्साको बहुदरमाई नगरपालिका वडा नं.५ स्थित भौराटार बस्ने बर्ष ३२ का हरिशंकर महत्तो रहेका छन् ।

आज बिहान करिब ३ बजे बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोली ना.४ च.८५९९ नम्बरको एम्बुलेन्समा गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता बिरेन्द्र शाहीले जानकारी दिनुभयो ।
उनीहरुलाई एम्बुलेन्स लिएर भौराटार गाउँ तर्फ जाँदैँ गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

समाचार शेयर गर्नुहोस
Leave a review