Sajhedari Daily
Latest News from Nepal

बजारमा अनुगमन हुँदा पसलेहरु सटर बन्द गरेर भागमभाग, जीतपुर बजार सुनसान

रञ्जन यादब/
बाराको जीतपुरमा विहिवार बाणिज्य कार्यालय बिरगंजको अनुगमन हुँदा पसलेहरुको भागमभाग भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर बजारमा अनुगमन टोली आएको खवर थाहा पाएपछि पसलेहरुले आ आफनो सटरहरु बन्द गरी भागेका थिए ।

अचानक बजार बन्द भएपछि बजारमा खरिदबिक्रि गर्न आएका ग्राहक तथा बिक्रेताहरु अचमित भएका थिए । डरले ब्यपारिहरुले आफनो पसल नखोल्दा जीतपुर बजार विहिवार सुनसान भएको थियो ।

खाद्यन्न सामग्रीका एउटा पसललाई खरिद बिल देखाउन नसक्दा रु २० हजार र अर्का म्याद गुजे्रको सामग्री बेच्ने पसललाई ९ हजार ४१ रुपैया जरिवान गरिएको बाणिज्य कार्यालयका सुचना अधिकारी दिलिप खाँकले जानकारी दिएका छन । समय अभावका कारण आफुहरु धेरै पसलको अनुगमन गर्न नसकेपछि बाँकी शंकास्पद पसलहरुको अनुगमन गर्न फेरी आफुहरु आउँने खाँकले बताए ।

आफनो कार्यालयको क्षेत्र प्रदेशभरी भएको तर सिमित जनशक्ति भएका कारण सोचे अनुसार काम गर्न नसकिरहेको सुचना अधिकारी खाँकले दुखेसो गरे । यता ब्यपारीहरुले दशैको समयमा मात्र अनुगमनकर्ता निकायहरुले अनुगमनलाई तिब्र पार्नुले नियत सहि नभएको आरोप लगाएका छन् ।

लकडाउनबाट थल्ला परेको ब्यपार दसैँमा अलि अलि उठ्न खोज्दा बिभिन्न बहाना झिकेर ब्यपारलाई चौपट पार्नु कदापी आफुहरुलाई स्वीकार्य नहुने ब्यपारीहरुले बताएका छन् ।