कलैया : राजेश महतो/ बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १७ लाई पुर्णखोप वडा घोषणा गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् कलैया उपमहानगरपालिकाका स्वास्थय शाखाका प्रमुख अजय कुमार जयसवाल र वडा अध्यक्ष दिपेन्द्र महतोले बुधबार एक कार्यक्रमका बिच उतm वडालाई पुर्ण खोप वडा घोषणा गरिएको हो ।
उक्त अवसरमा ब्रहम्पुरी आधारभुत स्वास्थय सेवा केन्द्रका प्रमुख शयामप्रमेश्वर साह,स्वास्थयकर्मी स्वेता कुशवाहा,नेहा पटेल,महिला स्वास्थय स्वयम सेविका ईन्दु देवी,रिन्कु कुशवाहा,गणिता कुमारी । सुनिता पासवानलाई सम्मानित गरिएको छ । उनीहरुलाई प्रशंसा पत्र प्रदान गरी सम्मानित गरिएको हो ।
उक्त कार्यक्रममा शिक्षक रामनाथ महतो,पत्रकार राजेश कुशवाहा लगायतकाले पुर्ण खोप वडा घोषणा भएकोमा स्वास्थय केन्द्रलाई धन्यबाद दिएका थिए। पुर्ण खोप वडा घोषणा कार्यक्रममा वडा सदस्य अबास अंसारी,लक्ष्मी राउत,महिला सदस्य सरस्वती देवी,बबिता पासवान,ज्येष्ठ नागरिक जगरनाथ महतो,बिरेन्द्र महतो,केदार राउत,स्थानीय भद्र भलादमी लगायतको सहभागिता रहेको थियो ।
वडा अध्यक्ष दिपेन्द्र महतोको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत केन्द्रका प्रमुख शयाम परमेश्वर कुशवाहा एवम् सञ्चालन बिकास कुशवाहाको रहेको थियो।


