ट्रिपरले युवकको दाहिने हातनै छिनायो

साझेदारी दैनिक
251 पाठक संख्या

अटोमा चढेर साथीहरुसँग घरबाट मेला हेर्न निस्केका निजगढ नगरपालिका वडा नं.१२ बार्थलीका धन बहादुर लुङ्ग्बाको ट्रिपरले दाहिने हातनै छिनेको छ ।

चितवन मेडिकल कलेजको संघन कक्षमा उपचाररत ३१ ब्र्षिय धनबहादुरको स्वास्थ्य अवस्था गम्भिर छ ।

छिनेको हात जोडिने हो कि हैन अझैं टुङ्गो छैन ।निजगढकै सिंगौलमा रमाईलो मेला चलिरहेको छ ।

मेला हेर्न ८ बजे राती निस्केका अटोलाई तामागढी–रतनपुर सडकको तपस्या स्थल नजिक टिप्परको पछाडीको भागले धनबहादुरको हात छिनाएर अघि बढेको थियो ।

इट्टा लिएर त्रिशुलीतर्फ जाँदै गरेको ट्रिपरले विपरित दिशाबाट आउँदै गरेको अटो पछाडीको भागमा पेलेर अघि बढ्दा धनबहादुरको हातको कुहिनोभन्दा माथिको भागबाट छिनाएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रिपरलाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले पक्राउ गरेको छ । पक्राउ परेको गाडी र चालकलाई ईलाका प्रहरी कार्यालय निजगढमा राखेर थप अनुसन्धान भईरहेको छ ।

Leave a review