रञ्जन यादब /
बाराको सिमरा स्थित राधा कृष्ण मध्यवर्ति सामुदायिक बनले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.२ को वडा कार्यालयलाई नगद सहयोग गरेको छ ।
आज एक कार्यक्रमका बिच बनका अध्यक्ष सत्यबहादुर श्रेष्ठले वडा अध्यक्ष तिल बहादुर श्रेष्ठलाई २५ हजार एक सय रुपैयाको चेक हस्तान्तरण गर्नुभएको छ ।
समाजिक उत्तरदायित्व अन्तर्गत राहत बितरणमा केही हदसम्म भएपनि सहयोग पुग्ने उदेश्यले आर्थिक सहयोग गरिएको बनका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । वडा अध्यक्ष श्रेष्ठले राधा कृष्ण मध्यवर्ति सामुदायिक बनलाई सहयोगको लागि धन्यबाद ब्यक्त गर्नुभएको थियो ।
उहाँले अहिलेको समय बिपद्को समय भएकाले सबै पक्ष हात्तेमालो गरी अघि बढ्नुको बिकल्प नभएको बताउँनुभयो ।