Sajhedari Daily
Latest News from Nepal

आई.पि.एल. क्रिकेट खेलमा सट्टाबाजी खेल्ने तीन जना बारा प्रहरीको फन्दामा

रञ्जन यादब/
आई.पि.एल. २०२० क्रिकेट खेलमा सट्टाबाजी खेल्ने तीन जनालाई बारा प्रहरीले कलैयाबाट पक्राउँ गरेको छ ।
दुवईमा चलिरहेको खेलमा कलैया बजार स्थित घरबाट सट्टाबाजी खेल्ने तीन जनालाई पक्राउँ गरिएको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

पक्राउँ परेकाहरुको साथबाट प्रहरीले १ लाख ७७ हजार ५० रुपैयाको चेक समेत बरामद गरेको जनाएको छ । पक्राउँ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं.१ राजदेवी टोल बस्ने वर्ष २५ को राजु कुमार यादव.,वर्ष २७ को दिपक कुमार सरार्फ , वर्ष २९ को रबि दास रहेका छन् ।

बिशेष सुचनाको आधारमा गएको प्रहरीको टोलीले हिजो राती कलैया उपमहानगरपालिका वडा नं.१ राजदेवी टोल स्थित राजु कुमार यादवको घरमा किङ्गस इलेभन पंजाब र दिल्ली क्यापिटल्स टिम बिच भइरहेको खेलमा सट्टाबाजी खेलिरहेका उनीहरुलाई आज प्रहरीले सार्बजनिक गरेको हो ।

पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई सट्टाबाजी मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Comments are closed.

error: Content is protected !!