Sajhedari Daily
Latest News from Nepal

चौरसिया हत्या प्रकरण : संबिधान सभा सदस्य गुप्तासहित १२ जना बिरुद्ध कर्तब्य ज्यान मुद्धा दर्ता

राम मण्डल/
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्न रहेको भन्दै नेकपा कै नेता संबिधान सभा सदस्य राजकुमार गुप्तासहित १२ जना बिरुद्ध बिहीबार कर्तब्य ज्यान मुद्धा भएको छ ।

चौरसियाको हत्यामा संलग्न रहेको भन्दै संबिधान सभा सदस्य गुप्तासहित १२ जना बिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्धा दर्ता भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले मद्धा दर्ता गरि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ । सरकारी वकिलको उक्त निबेदन जिल्ला प्रहरी कार्यालयमा दर्ता भईसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मनोजित कुँवरले जानकारी दिएका छन ।

मृतक चौरसियाका भाई महेश चौरसियाले गुप्तासहित १२ जना बिरुद्ध कर्तब्य ज्यान मुदा दर्ता गराएका हुन । किटानी जाहेरीमा चौरसियाको हत्यामा संलगन सँबिधान सभा सदस्य गुप्तासहित प्रहरी हिरसातमा रहेका देवा सहनी, सोकदिन गदी लगायत गरि १२ जनाको नाम रहेका कुँवरले बताए ।

एक हप्ता अघि गत कार्तिक ६ गते बिन्दबासिनी गाउँपालिकाको नव गठित नेकपाको समितिको सपथ ग्रहण कार्यक्रममा झडप हुदा गाउँपालिकाका सचिव समेत चुनिएका मुकेश चौरसिया गम्भिर घाईते भएका थिए । उनको उपचारको क्रममा त्यसको भोलि पल्ट कार्तिक ७ गते वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।

सोही दिन देखि उनका आफन्त र नेकपा पर्साले जाहेरी दर्ता गर्न माँग गर्दै आन्दोलन गर्दै आएका थिए । घटना भएको एक हपता पछि सरकारी वकिलको कार्यालयमार्फत कर्तब्य ज्यान मुदा दर्ता भएको छ ।