श्रीमतीलाई घाटी थिची कर्तव्य गरी मारेको आरोपमा श्रीमान पक्राउ

साझेदारी दैनिक
488 पाठक संख्या

वीरगञ्ज :पर्सा प्रहरीले आफ्नै श्रीमतिको घाटी थिचि हत्या गरेको आरोपमा एक श्रीमानलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा पर्साका जगरनाथपुर वडा नम्बर ४ का २२ वर्षीय सफिराजा मियाँ रहेका हुन्।

असार ७ गते पर्सा जगरनाथपुर गाउँपालिका वडा नं.४ जगरनाथपुर बस्ने वर्ष २३ को सफिराजा मियाँको श्रीमती वर्ष २१ की लालबीबी खातुन संकास्पद रूपमा मृत्यु भएको थियो। राती पर्सा जगरनाथपुर गाउँपालिका वडा नं.४ जगरनाथपुरस्थित मृतकको सुत्ने कोठा भित्र सो घटना भएको हो।

घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा क्इऋइसहितको प्रहरी टोली घटनास्थलमा खटी गई घटनास्थल तथा जाँच मुचुल्का लगायतका कार्य पुरा गरी मृतकको शव पोष्ट मार्टमको लागि नारायणी अस्पताल बीरगंजमा पठाइएको थियो।

घटना अनुसन्धानको क्रमर्मा जगरनाथपुर गाउँपालिका वडा नं.४ जगरनाथपुर बस्ने वर्ष २२ को सफि राजा मियाँलाई नियन्त्रणमा लिइ निज विरुद्ध ज्यान सम्बन्धी कसूरमा आइतबार पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

अनुसन्धानको क्रममा श्रीमान –श्रीमतीबीच मनमुटाव रहेको र लामो समय देखि एक अर्काबीच बोलचाल नभएको,घटना हुनुको मुख्य कारण रिष,द्वेष रहेको छ। श्रीमान लामो समय देखि बाहिरबाट काम गरी घर आउँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने,कुनै वास्ता नगर्ने गरेको समेत अनुसन्धानको क्रममा पाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Leave a review

This will close in 0 seconds