महागढीमाई नगरपालिकाको ९ औं नगरसभा सम्पन्न,८१ करोड ५८ लाखको बजेट प्रस्तुत

संदिप प्रसाद यादव
675 पाठक संख्या

कलैया : बाराको महागढीमाई नगरपालिकाले सोमबार ९ औं नगरसभा सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ८१ करोड ५८ लाख ७९ हजार ३ सय २१ रुपैयाँ बराबरको नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।

नगर प्रमुख उपेन्द्र प्रसाद यादवले नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा,स्वास्थ्य,भौतिक पूर्वाधार,सरसफाइ तथा खानेपानी,कृषि र धार्मिक क्षेत्रलाई प्राथमिकता दिइएको जानकारी दिए।

संघीय सरकारबाट प्राप्त हुने अनुमानित रकममध्ये समानिकरण अनुदान अन्तर्गत १४ करोड ७ लाख,सशर्त चालू अनुदान २५ करोड ३७ लाख,सशर्त पुँजीगत अनुदान १५ करोड ५४ लाख, विशेष अनुदान १ करोड ४४ लाख,समपूरक अनुदान ८७ लाख र राजस्व बाँडफाँड अनुदान ११ करोड ४४ लाख रुपैयाँ रहने उल्लेख गरिएको छ।

त्यस्तै प्रदेश सरकारबाट समानिकरण अनुदान ९९ लाख ९५ हजार,सशर्त अनुदान ९५ लाख,विशेष अनुदान ३० लाख,समपूरक अनुदान २० लाख तथा राजस्व बाँडफाँड अनुदान ६९ लाख ८४ हजार ३२० रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। नगरपालिकाले आन्तरिक स्रोतबाट ९ करोड ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य समेत लिएको छ।

नगर प्रमुख यादवको अध्यक्षतामा सम्पन्न नगरसभामा उप–प्रमुख तारा देवी कानु,वडा अध्यक्षहरू,कार्यपालिका सदस्य,कर्मचारी,सञ्चारकर्मी तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साहले स्वागत मन्तव्य दिएका थिए भने शिक्षा शाखा प्रमुख रामबिश्वास चौरसियाले कार्यक्रम सञ्चालन गरेका थिए।

Leave a review

This will close in 0 seconds