कलैया । नेकपा (एमाले) ले बारा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि बारा जिल्लाका अध्यक्ष अध्यानन्द पाण्डेसहित तीन जनाको नाम सिफारिस गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) क्षेत्रीय समन्वय कमिटीले आज बाराको कलैयास्थित पार्टी कार्यालयमा आयोजित भेलामार्फत तीन जनाको नाम सिफारिस गरेको हो।
सो भेलाले नेकपा (एमाले) का जिल्ला अध्यक्ष अध्यानन्द पाण्डे, एम. समिउल्लाह र सिमा ठकुरीको नाम उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको छ।


