मम एण्ड मी प्रतियोगिता सम्पन्न

साझेदारी दैनिक
109 पाठक संख्या

वीरगञ्ज :पर्साको बीरगंज महानगरपालिका वडा नम्बर ८ पानी टंकीमा रहेको एक विद्यालयले शनिबार मम एण्ड मि प्रतियोगिता गरेको छ।

लिटिल बडी प्रि स्कुलले क्लासिक बैककमा मम एण्ड मी प्रतियोगिता गरेको हो।लिटिल बडी प्रि स्कुलका प्रिन्सिपल बिजय बलको अध्यक्षता सो कार्यक्रम भएको हो।

कार्यक्रमको प्रमुख अतिथि घरेलु तथा साना उधोग विभागका रिमा साह रहेकी हुन्। यस्ता कार्यक्रमले विद्यार्थीहरुमा बौद्धिक विकास गर्ने साहले जनाइन्। विद्यालयले बेला बखत कार्यक्रम गरि प्रेरित गर्न जरुरी रहेको जनाउदै शिक्षा संगसंगै अतिरिक्त क्रियाकलापहरु मार्फत विद्यार्थीहरुमा जागरुप ल्याउन अति आवश्यक रहेको बताएकी हुन्।

कार्यक्रममा प्याब्सन महानगर कमिटी अध्यक्ष राहुल श्रीवास्तवले आमा र छोरी र आमा छोरा बिचको समन्वय गरेको खण्डमा विद्यार्थीहरुको उच्च मनोबल बढ्न ठूलो मद्दत जनाए। कार्यक्रममा बच्चा र आमा डान्स प्रतियोगिता ,फेसन प्रतियोगिता आयोजना गरिएको हो।

उक्त कार्यक्रममा नृत्य प्रतियोगितामा आठ जना सहभागी थिए। सो मा प्रथम आमा करिशमा खड्का ,छोरी रिधिमा खड्का भइन्। आमा संगीता चौधरी ,छोरी हेजल चौधरी दोस्रो भइन्। आमा स्मिता कर्ण,छोरा आरब कर्ण तृतीय भएका थिए।

फेसन प्रतियोगितामा १०० जना आमा छोरीहरू सहभागी रहेका थिए। निर्णयक मण्डलहरु रुपसी क्षेत्री ,अपेक्षा झा रहेका थिए। कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई,बीरगंज युवा समाजका सल्लाहकार मार्टिन मुक्तान,बिधालय ब्यवस्थापन समिति सदस्य सुप्रिया पौडेल र रुचिका श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण स्वयता साह र एलिसा मिजारले गरेका हुन्।

Leave a review

This will close in 0 seconds